राष्ट्रको उत्थानका लागि सबै नागरिक मर्यादित र संस्कारयुक्त बन्नुपर्छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रको उत्थानका लागि सबै नागरिक मर्यादित र संस्कारयुक्त बन्नुपर्नेमा जोड दिनुभएको छ ।
आज काठमाडौँमा आयोजित किताब जात्राको उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले प्रत्येक नागरिक राज्यप्रति जिम्मेवार र समर्पित हुनुपर्ने बताउनुभयो ।
अनुशासित र संस्कारयुक्त नागरिक हुनका लागि पठन संस्कृतिको विकास आवश्यक भएको उल्लेख गर्नुहुँदै राष्ट्रपति भण्डारीले अध्ययनबाटै सत्य तथ्यको पहिचान गर्ने क्षमताको विकास हुन बताउनुभयो ।
उहाँले नयाँ नयाँ पुस्तकहरूको अध्ययनबाट क्षमतावान् नागरिकहरू उत्पादन हुन सक्ने र त्यस्ता नागरिक नै राष्ट्रको समृद्धिका जग हुन सक्ने विचार व्यक्त गर्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्