जसपाले सत्ता गठबन्धन छोडने एमालेसँग सहकार्य गर्दै
काठमाडौं । पाँच दलिय सत्ता गठबन्धनले सिट बाँडफाँटमा न्याय नगर्ने देखिएसँगै जनता समाजवादी पार्टीले नेकपा एमालेसँग तालमेल गर्ने संकेत गरेको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि उम्मेदवार सिफारिशमा दलहरु व्यस्त भइरहँदा गठबन्धनको मुख्य घटक जसपाले गठबन्धन छोड्ने अन्तिम तयारी गरेको हो । यत्तिखेर जसपाका अध्यक्ष उपेन्द्र यादवले आफूहरुलाई सम्मानजनक व्यवहार नभएको भन्दै एमालेसँग भित्रभित्रै सहकार्य सुरु गरिरहेका खुलास भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सम्पर्क बढाएका उपेन्द्रले मधेश प्रदेशका ३२ सिटमा एमाले–जसपाले १६–१६ सिट लिएर जानेगरी प्रस्ताव राख्नुभएको हो ।
मधेस प्रदेशका ८ जिल्लामा प्रतिनिधिसभामा ३२ र प्रदेशसभामा ६४ सिट छन् । यादवले ३२ मा १६ सिट प्रतिनिधिसभातर्फ लिने र प्रदेशसभातर्फ पनि ५०–५० प्रतिशत सिट लिएर जान सकिने प्रस्ताव राखेको स्रोतको दाबी छ । यादवको प्रस्ताव अध्यक्ष ओली पनि सकारात्मक देखिनुभएको बताइएको छ । अध्यक्ष यादवले हिजोमात्र कुनैपनि बेला गठबनन्धन छोडिने भन्दै सार्वजनिक अभिव्यक्ति दिइसक्नुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #breaking, #उपेन्द्र यादव, #केपी शर्मा ओली, #जनता समाजवादी पार्टी, #जसपाले सत्ता गठबन्धन छोडने एमालेसँग सहकार्य गर्दै, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्