Techie IT
सोमबार, वैशाख २२,२०८२

एलिजाबेथ द्वितीयाको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

देउवाले ट्वीटमार्फत दु:ख व्यक्त गरेका हुन् । उनले रानी एलिजाबेथको निधनले नेपाल र नेपाली जनताले आफूलाई माया गर्ने एक व्यक्तित्व गुमाएको उल्लेख गरेका छन् । ​

‘रानीका सन १९६१ र सन १९८६ मा भएका दुई राजकीय भ्रमणलाई नेपालमा सादरपूर्वक स्मरण गरिन्छ,’ देउवाले एलिजाबेथका नेपाल भ्रमणको स्मरण गर्दै भनेका छन् ।

९६ वर्षीया एलिजाबेथको बिहीबार स्कटल्यान्डको वालमोरलमा निधन भएको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #बेलायतकी महारानी एलिजाबेथ द्वितीया, #शेरबहादुर देउवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545