महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन

अन्तराष्ट्रिय । महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन भएको छ । वकिंघम दरबारका अनुसार स्कटल्याण्डको ग्रीष्मकालीन निवास बालमोरल दरबारमा उनको निधन भएको हो । निधनपछि उनका ७३ वर्षीय छोरा युवराज चार्ल्स स्वतः राजा भएका छन् ।
सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने महारानी थिइन्। महारानी एलिजाबेथले आफ्नो जिम्मेवारी पूरा गर्ने दृढ संकल्पका लागि सधैं सम्झिनेछन्। उनले आफ्नो सम्पूर्ण जीवन आफ्नो ताज र जनताको नाममा समर्पण गरेकी थिइन ।
उनी विश्वमै पनि लामो समयसम्म सत्तामा रहने शासकको सूचीमा फ्रान्सका लुइस १४ औं पछि दोस्रो स्थानमा पर्छिन् । उनले नेपालप्रति पनि सद्भाव राख्नुका साथै गोर्खा सैनिकप्रति बेलायती राजपरिवारको गहिरो विश्वास रहेकाले पनि नेपालसँग एलिजाबेथको विशेष साइनो रहेको छ ।
उनको ७० वर्षको शासनकालमा इङ्ल्यान्ड मात्रै होइन, सारा विश्वले ठूलो उथलपुथलको अवधिबाट गुज्रियो । कहिले आर्थिक चुनौती, कहिले राजनीतिक संकट । तर यस उथलपुथलमा, जनतामा विश्वास जगाउने एउटा मात्र नाम थियो, रानी एलिजाबेथ।
सारा विश्वमा बेलायतको हैसियत घट्दै गएको बेला एलिजाबेथ बेलायतकी महारानी बनेकी थिइन् । समाजमा क्रान्तिकारी परिवर्तनहरू भइरहेका छन् । बेलायतमा धेरै मानिसहरूले राजतन्त्रको भूमिकामाथि प्रश्न उठाइरहेका थिए तर उनले यी चुनौतीहरूको दृढतापूर्वक सामना गरिन र आफ्नो जिम्मेवारी धेरै बुद्धिमानीपूर्वक पूरा गरिन जसको कारण बेलायती राजपरिवारमा जनताको विश्वास कायम रह्यो । दश दिनको औपचारिक शोकपछि महारानीको अन्त्येष्टि गरिनेछ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #hot, #महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा निधन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्