भियतनामको बारमा आगलागी हुँदा ३२ जनाको मृत्यु

अन्तराष्ट्रिय । भियतनामको दक्षिण सहर थुआन एनमा रहेको केराओके बारमा भएको भीषण आगलागीमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । अन्य कैयौं घाइते भएको बताइएको छ ।
मंगलबार राती मट्टितेल कम्प्लेक्सको दोस्रो तल्लाबाट निस्किएको आगो र धुवाँमा धेरै ग्राहक र कर्मचारी फसेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । रिपोर्टका अनुसार दोस्रो तलाबाट सुरु भएको आगो तेस्रो तल्लामा पुग्यो, जहाँ छिटो जल्ने सामान राखिएको थियो।
सार्वजनिक सुरक्षा मन्त्रालयको आधिकारिक मुखपत्र कोङ एन हान दानका अनुसार मृत्यु हुने ३२ जनामध्ये १७ जना पुरुष र १५ जना महिला रहेका छन् । त्यहाँको अर्को वेबसाइटले अधिकारीहरूलाई उद्धृत गर्दै भनेको छ आगलागी हुँदा बारमा करिब ६० जना मानिसहरु थिए।
आगलागीबाट बच्न धेरै मानिसहरु बालकुन्नीमा जम्मा भएका थिए तर काठको भित्री भागमा आगो फैलिएको कारण त्यहाँ पनि सुरक्षित बस्न नसकेको बताइएको छ ।
ज्यान बचाउनको लागि कैयौँले भवनको दोस्रो र तेस्रो तल्लाबाट हाम फालेका थिए । हो ची मिन्ह सहर नजिकै रहेको थुआन आनमा भएको आगलागी बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #भियतनामको बारमा आगलागी हुँदा ३२ जनाको मृत्यु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्