टिकट किन्नेलाई काँग्रेसी भन्ने गरिएको छ: रामवरण यादव
काठमाडौं । बिहीबार काठमाडौंमा आयोजित बीपी साहित्य एवं बिपी सेनानी सम्मान कार्यक्रममा पूर्व राष्ट्रपति डा. रामवरण यादव ले अहिले टिकट किन्नेलाई काँग्रेसी भन्ने गरिएको बताएका छन् ।
आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि माओवादी केन्न्द्र, एकीकृत समाजवादीसहितका दलसँग कांग्रेसले गठबन्धन गर्न लागेको तर्फ इंगित गर्दै उनले गर्विलो इतिहास बोकेको कांग्रेस जनतामाझ जान अहिले अंशबन्डा गर्नुपर्ने अवस्थामा आइपुगेको बताएका हुन् ।
कांग्रेसभित्र पन विधि र आदर्शको कुरा हुन छाडेको र चुनावमा टिकटसमेत बिक्री हुन थालेको भन्दै कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका डा. यादवले कांग्रेसमा पसिना बगाउनेको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढ्दै गइरहेको भन्दै चिन्ता व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #रामवरण यादव
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्