कांग्रेसले ८५ देखि ९० को बीचमा सिट पाउँछः नेता पौडेल
काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले गठबन्धनभित्र दरार आएर कुनै पनि दल बाहिरिने अवस्था नरहेको बताएका छन् ।
“कार्यदलमा छलफल जारी छ । कतिपय क्षेत्र कार्यदलले मिलाउँछ । केही निर्वाचन क्षेत्र टुंग्याउन जटिलता पक्कै छ । त्यसलाई पनि शीर्ष नेताहरुले टुंग्याउने स्थिति बन्छ । को । अहिलेको अवस्थामा गठबन्धनमा दरार आएर बाहिरिने परिस्थिति बनेको छैन । मलाई लाग्छ, आज वा भोलिसम्ममा टुंगिन्छ,” नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता पौडेलले भने ।
नेता पौडेलले कांग्रेसले ८५ देखि ९० सिटको बीचमा पाउने दाबी पनि गरे । उनले भने, “अहिले नै ठ्याक्कै यति नै संख्या र क्षेत्र भन्ने अवस्था छैन । तर कांग्रेसले ८५ देखि ९० सिटसम्म पाउने अवस्था हुन्छ । त्यसमा एकदुईवटा सिट यताउता होला । अब संख्या टुंग्याएर क्षेत्र मिलाउने होइन क्षेत्र टुंग्याएर संख्या मिलाउने हो । गठबन्धनमा जाने भनेपछि गिभ एन्ड टेक गर्नैपर्छ ।”
पार्टीभित्र सन्तुलन नमिलाईकन चुनावमा उपलब्धि हासिल गर्न मुस्किल हुने पनि पौडेलले औंल्याए । उनले भने, “कसैको उपस्थितिका लागि मात्र टिकट दिए झन् असन्तुष्टि बढ्छ । त्यसैले पहिले पार्टीभित्रै व्यवस्थित गर्नुपर्ने हुन्छ । तर सम्हाल्नै नसक्ने भन्ने पनि होइन । चुनाव जितेर आउने कुरामा टिकट वितरण न्यायपूर्ण हुुनुपर्छ । पार्टीभित्र बृहत्तर एकता भयो भने मात्र जित्ने स्थिति बन्छ ।”
पदीय भागबन्डाको अवस्थामा गठबन्धन नपुगेको पनि पौडेलले बताए । उनले भने, “हाम्रो मिसन नेपाली कांग्रेसलाई पहिलो र ठूलो दल बनाउने हो । जहाँसम्म पदीय भागबन्डाको कुरा छ, त्यो चरणमा पुग्नै बाँकी छ । अहिलेका लागि निर्वाचनसम्म गठबन्धन गरेर जाने हो । प्रचण्डलाई सफल बनाउने वा उहाँको नेतृत्वमा सरकार बनाउने सहमति भएको छैन ।”
नागरिकता विधेयकमा राष्ट्रपतिले लहडबाजी गर्न नमिल्ने पनि उनको जिकिर छ । पौडेलले भने, “के राष्ट्रपति संविधानभन्दा माथि हुनुहुन्छ ? उहाँ संवैधानिक मर्यादाभित्र हुनुहुन्छ कि हुनुहुन्न ? नागरिकता विधेयक निजी लहडको विषय होइन । उहाँले कुनै एक राजनीतिक पार्टीको पक्षमा काम गरिदिन मिल्छ ? संविधानले उहाँलाई त्यस्तो कुनै अधिकार दिएको छैन ।”
क्याटेगोरी : समाचार
ट्याग : #कांग्रेसले ८५ देखि ९० को बीचमा सिट पाउँछः, #प्रदीप पौडेल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्