Techie IT
बिहीबार, कात्तिक २७,२०८३

वागमती कांग्रेस जिल्ला सभापतिहरूको देउवासँग माग : प्रत्यक्षमा कम्तीमा एक भोट रुखमा हाल्न पाउनुपर्छ


काठमाडौं । नेपाली कांग्रेस वागमती प्रदेशका जिल्ला सभापतिहरूले सबै निर्वाचन क्षेत्रमा प्रत्यक्षमा कम्तीमा एक मत रुखमा हाल्न पाउने गरी गठबन्धन गर्न माग गरेका छन् ।

जिल्ला सभापतिहरूले आफूहरू गठबन्धन गरेर निर्वाचनमा जाने पार्टी निर्णयको पक्षमा नै रहेको केन्द्रीय सभापति देउवालाई जानकारी गराएका छन् । तर, गठबन्धन गर्दा कांग्रेसका सबै मतदाताले ‘समानुपातिक’ बाहेक कम्तीमा एक मत प्रत्यक्षमा रुखमा हाल्न पाउनुपर्ने माग राखेका छन् ।

प्रदेशका ८ जिल्लाका सभापतिले संयुक्तरूपमा केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो माग गरेका हुन् । जसमा अन्य ५ जना सभापतिको पनि समर्थन रहेको जनाइएको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #वागमती कांग्रेस जिल्ला सभापतिहरू


तपाईको कमेन्ट लेख्नुहोस्