गठबन्धनको दम्भ बढी भयो : कांग्रेस सांसद चौधरी
काठमाडौं । नेपाली कांग्रेसकी सांसद पार्वता डिसी चौधरीले सत्ता गठबन्धनका नाममा दम्भ देखाउन थालिएको भन्दै आफ्नै पार्टीको आलोचना गर्नुभएको छ ।
नेपाल ऐन संशोधन गर्ने विधेयकमाथि संशोधन प्रस्तावमा आज प्रतिनिधिसभा बैठकमा बोल्दै चौधरीले गठबन्धन नाममा दम्भ देखाएको आरोप लगाउनु भयो ।
चौधरीले भन्नुभयो, ‘मलाई त हिजोआज कस्तो लाग्छ भने कांग्रेस र माओवादी मिलेपछि हामी बलियो भयौं भन्ने भ्रम परेको जस्तो लाग्छ ।’
उहाँले गठबन्धन धेरै नटिक्ने पनि बताउनु भयो । उहाँले भन्नुभयो, ‘गठबन्धन टिकाउ पनि छैन, सधैंभरि टिक्ने पनि होइन। कांग्रेस होस् वा गठबन्धनका अरु दल कसैले पनि दम्भ नदेखाउनुस् दम्भ बढी भयो।’
चुनाव घोषणा गरिसकेर संसदको कार्यकाल बढाउने गलत कुरा हो भन्दै उहाँले यसबाट सरकारपछि हट्नुपर्ने बताउनु भयो ।
उहाँले यतिबेला गलत कामको खुलेर विरोध र आलोचना गर्न पनि डर भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘हामीलाई त बाँच्न पनि गाह्रो भइसक्यो विरोधमा बोलुँ भने कांग्रेस र माओवादी मिलेर केही गर्ने हुन् कि भन्ने डर लाग्न थालेको छ। आफ्नै पार्टी भित्र र अन्य पार्टीबाट पनि डर छ।’
क्याटेगोरी : समाचार
ट्याग : #पार्वता डिसी चौधरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्