राप्रपाका सांसद राजेन्द्र लिङ्देन सदनका बोझ थिए: गजेन्द्र महत
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले राप्रपाका सांसद राजेन्द्र लिङ्देनलाई व्यङ्ग्य गर्दै सदनका बोझ’ भनेका छन् ।
राप्रपाका एकमात्र सांसद लिङदेनले आइतबार प्रतिनिधिसभा बैठकमा अबदेखि उपस्थित नहुने र तलब भत्ता पनि नलिने घोषणा गरेका थिए ।
आज बसेको प्रतिनिधिसभा बैठकमा महतले नआउने र तलब भत्ता नलिने घोषणा गरेका लिङ्देनलाई यस्तो भनेका हुन् ।
‘आफूलाई अब्बल, राष्ट्रवादी र इमान्दार ठान्ने, संसदमा आक्कल झुक्कल आउने, आउँदा पनि राजा महाराजा आएको झल्को देखाउने, सदनको भूमिकामा चासो नै नराख्ने, पहिले नै राजीनामा दिनुपर्ने मान्छे, साँचो अर्थमा भन्दा सदनका लागि बोझ जस्ता देखिने माननीयज्यूले राजीनामा दिएर हल्का महशुस गराइदिएकोमा उहाँलाई धन्यवाद पुनः सांसद भएर आइहालेमा उहाँको भूमिका के हुने त्यो हेर्न बाँकी नै छ। उहाँलाई केही भनेर बिदाइ गर्ने मन थियो। त्यो अवसर पाइएन । ’
लिङ्देनले निर्वाचनपछि पनि प्रतिनिधि सभा राख्दा तलब भत्ता खानमात्र सांसद बनेको जस्तो देखिने भन्दै प्रतिनिधि सभा छाडेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #गजेन्द्र महत, #राप्रपाका सांसद राजेन्द्र लिङ्देन सदनका बोझ थिए
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्