फिल्म ‘प्रकाश’ हेर्दा पटक पटक आँखा रसायो: ईश्वर पोखरेलले
काठमाडौं । फिल्म ‘प्रकाश’ हेर्दा पटक पटक आफ्ना आँखा रसाएको नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् । मंगलबार काठमाडौंको दरबार सिनेमामा फिल्म हेरेका उनले फिल्मलाई जीवन्त चित्रका रुपमा व्याख्या गर्दै आफू पटकपटक भावुक बनेको बताए ।
फिल्मपछि सञ्चारकर्मीसँग पोखरेलले भने, ‘अहिले मुलुकको यथार्थ स्थितिको एउटा पाटोलाई यसले बोकेको छ । त्यस हिसाबले यो महत्वपूर्ण छ । खासगरी बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि मुलुकले जे भोग्नुपर्यो राजनीतिक नारामा, परिवर्तनको नारामा, क्रान्तिकारी रुपान्तरणको नारामा, जे भोग्न पर्यो त्यो भोगाइको एउटा पाटो, सानो अंश यसले देखाएको छ । त्यस हिसाबले यो मलाई एकदमै मन पर्यो ।’
माओवादी युद्धप्रति लक्षित प्रतिक्रिया दिंदै पोखरेलले भने, ‘बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि मुलुक नयाँ सम्भावनाको साथमा अघि बढ्दै थियो त्यो सम्भावनालाई अवरुद्ध गर्ने हिसाबले जुन एउटा च्याप्टर ओपन भयो नि त्यो च्याप्टरसँग गासिएका विकृति विसंगति जुन हामीले अहिले पनि भोग्दैछौं त्यसको एउटा चित्र देखिन्छ यसमा ।’
उनले थपे, ‘जनयुद्धको नाममा, परिवर्तनको नाममा जे चीज भयो, अहिले त्यसको कस्तो असर भोग्दैछन् त नेपाली जनताले, नेपाल राष्ट्रले यसको एउटा जीवन्त चित्र हो यो ।’
पोखरेलले समाजमै भएका विषयवस्तुलाई सशक्त ढंगले फिल्ममा उतारेको भन्दै लेखक र निर्देशकको प्रशंसा गरे । यस्तै उनले कलाकारहरुको अभिनय आफूलाई उत्कृष्ट लागेको समेत बताए ।
दिनेश राउतको निर्देशन रहेको फिल्मलाई विकास सुवेदीले लेखेका हुन् । प्रदीप खड्का, दीया मास्के, रेणु योगी, राजन खतिवडा लगायतका कलाकारको अभिनय रहेको फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ईश्वर पोखरेल, #फिल्म ‘प्रकाश’, #मालेका वरिष्ठ उपाध्यक्ष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्