Techie IT
मंगलबार, मंसीर २,२०८३

तालमा डुबेर एकजनाको मृत्यु


कास्की । पोखरा महानगरपालिका–६ लेकसाईडस्थित फेवातालमा डुबेर हाल नाम,
थर, वतन नखुलेका करिब ५० वर्षीय पुरुषको सोमबार साँझ मृत्यु भएको छ ।
उक्त तालमा डुबेर अशक्त भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी बर्दिया, बढैयाताल गाउँपालिका–८ पशुपतिबजार बस्ने २९ वर्षीय विकास बिकको सोही ठाउँस्थति डडैना नालामा माछा मार्ने क्रममा डुबेर सोमबार दिउँसो मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #तालमा डुबेर एकजनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्