उम्मेदवारी दर्तासँगै संसद्को आयु सकिन्छ : “प्रचण्ड”

धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” ले निर्वाचन क्षेत्र र सिट बाँडफाँड एकैसाथ टुङ्ग्याउने गरि छलफल भइरहेको बताउनु भएको छ ।
आज धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले मिल्ने जति कार्यदलले टुङ्ग्याउने र नमिले जतिको सिट बाँडफाँड शीर्ष तहबाटै टुङ्गो लगाउने बताउनु भयो ।
सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदको उम्मेदवारी दर्तासँगै संसद्को आयु सकिने बताउनुभयो । मङ्सिर ४ गते निर्वाचन हुन्छ, त्यस अघि कन्फ्युजन गर्ने केही काम गर्न हुँदैन भनेर गठबन्धनमा छलफल भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले सम्भवतः आजै विधेयक फिर्ता हुने बताउनुभयो ।
गत वैशाखमा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न हुनु जनताको जित भएको चर्चा गर्दै उहाँले आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने कार्यमा सबै लाग्नु पर्ने बताउनुभयो ।
अध्यक्ष प्रचण्ड आज धनगढी हुने पार्टीको प्रशिक्षण कार्यक्रमका लागि यहाँ आउनु भएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्