काँग्रेसलाई ८०,माओवादीलाई ६० सिट लिएर भागवण्डा मिलाउदैछौं : अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको कार्यदलले मंगलबार बेलुकासम्म प्रतिनिधि सभा र प्रदेश सभाको सिट भागबण्डा मिलाइ सक्ने बताउनुभएको छ ।
मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका पत्रकारसँग कुरा गर्दै प्रचण्डले कार्यदललाई आजसम्मको समय दिएको बताउनुभयो । माओवादीको सुदूरपश्चिम प्रदेशको बैठकमा सहभागी हुन धनगढी पुग्नुभएका प्रचण्डले बुधबार गठबन्धन दलका शीर्ष नेता बसेर सिट बाँडफाँडको अन्तिम टुङ्गो लगाउने बताउनुभयो । ‘भोलि हामी शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिने कुरा छ, गठबन्धन कायम भएरै जान्छ’, प्रचण्डले भन्नुभयो ।
कांग्रेसले पहिला एक सय सिटको माग गरेकोमा अहिले ८० को वरिपरि झरेको उहाँले दाबी गर्नुभयो । त्यस्तै माओवादीले ६० सिट दाबी गरेकोमा त्यो भन्दा केही कम हुने उहाँले बताउनुभयो । माधव नेपालको एकीकृत समाजवादी र जनता समाजवादीले २५-२५ सिट दाबी गरेको प्रचण्डले जानकारी दिनुभयो ।
दाबी जस जसको जति भए पनि अन्तिममा गठबन्धनमा सिट बाँडफाँडको कुरा मिलाएरै जाने उहाँले बताउनुभयो । ‘ १ सय ६५ र ३ सय ३० भित्रै मिलाउने हो, त्यो भन्दा बढाउन पाइँदैन’, प्रचण्डले भन्नुभयो ।
प्रचण्डले आफ्नो नाम जहाँबाट सिफारिस भए पनि चुनाव भने चितवनबाटै लड्ने बताउनुभयो । ‘म चितवन क्षेत्र नं ३ बाटनै लड्ने हो, काहीँ अन्त जाने सम्भावना छैन’, प्रचण्डले भन्नुभयो ।
प्रतिनिधि सभाको आयु नलम्बिने पनि प्रचण्डले बताउनुभयो । प्रतिनिधि सभाको अवधि लम्ब्याउने विषयमा छलफल चलेको भए पनि आज त्यो फिर्ता हुने उहाँले जानकारी दिनुभयो । ु उम्मेदवारी दर्ता भएपछि प्रतिनिधि सभा रहँदैन, प्रचण्डले भन्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्