काँग्रेसलाई ८०,माओवादीलाई ६० सिट लिएर भागवण्डा मिलाउदैछौं : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको कार्यदलले मंगलबार बेलुकासम्म प्रतिनिधि सभा र प्रदेश सभाको सिट भागबण्डा मिलाइ सक्ने बताउनुभएको छ ।
मंगलबार बिहान सुदूरपश्चिम प्रदेशका पत्रकारसँग कुरा गर्दै प्रचण्डले कार्यदललाई आजसम्मको समय दिएको बताउनुभयो । माओवादीको सुदूरपश्चिम प्रदेशको बैठकमा सहभागी हुन धनगढी पुग्नुभएका प्रचण्डले बुधबार गठबन्धन दलका शीर्ष नेता बसेर सिट बाँडफाँडको अन्तिम टुङ्गो लगाउने बताउनुभयो । ‘भोलि हामी शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिने कुरा छ, गठबन्धन कायम भएरै जान्छ’, प्रचण्डले भन्नुभयो ।
कांग्रेसले पहिला एक सय सिटको माग गरेकोमा अहिले ८० को वरिपरि झरेको उहाँले दाबी गर्नुभयो । त्यस्तै माओवादीले ६० सिट दाबी गरेकोमा त्यो भन्दा केही कम हुने उहाँले बताउनुभयो । माधव नेपालको एकीकृत समाजवादी र जनता समाजवादीले २५-२५ सिट दाबी गरेको प्रचण्डले जानकारी दिनुभयो ।
दाबी जस जसको जति भए पनि अन्तिममा गठबन्धनमा सिट बाँडफाँडको कुरा मिलाएरै जाने उहाँले बताउनुभयो । ‘ १ सय ६५ र ३ सय ३० भित्रै मिलाउने हो, त्यो भन्दा बढाउन पाइँदैन’, प्रचण्डले भन्नुभयो ।
प्रचण्डले आफ्नो नाम जहाँबाट सिफारिस भए पनि चुनाव भने चितवनबाटै लड्ने बताउनुभयो । ‘म चितवन क्षेत्र नं ३ बाटनै लड्ने हो, काहीँ अन्त जाने सम्भावना छैन’, प्रचण्डले भन्नुभयो ।
प्रतिनिधि सभाको आयु नलम्बिने पनि प्रचण्डले बताउनुभयो । प्रतिनिधि सभाको अवधि लम्ब्याउने विषयमा छलफल चलेको भए पनि आज त्यो फिर्ता हुने उहाँले जानकारी दिनुभयो । ु उम्मेदवारी दर्ता भएपछि प्रतिनिधि सभा रहँदैन, प्रचण्डले भन्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्