प्रतिनिधिसभा सदस्य प्रत्यक्षतर्फ सोलुखुम्बुमा एमालेबाट मानवीर राई सर्वसम्म
सोलुखुम्बु । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुले प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ मानवीर राई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
एक मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुबाट जिल्ला कमिटी बैठकले राईको एकल सिफारिस सहित प्रतिनिधिसभा सदस्यको समानुपातिक तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकतर्फ २० जना उम्मेदवार सिफारिस गरेको हो ।
प्रतिनिधिसभाको समानुपातिकमा सुर्यकुमारी सुनुवार र दाडोमा शेर्पाको नाम सिफारिस गरेको जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।
प्रदेश सभा ‘क’ को प्रत्यक्षमा वर्तमान सांसद उत्तमकुमार बस्नेत र नेता महेश किराँतीको नाम सिफारिस भएको छ भने समानुपातिकमा सावित्रा भट्टराई, नरेन्द्र कुलुङ, लक्ष्मी कार्की बस्नेत, कल्पना गिरी, पार्वती राई र प्रभुराम कार्कीको नाम सिफारिसमा परेको छ ।
त्यस्तै, प्रदेश सभा ‘ख’मा वर्तमान सांसद बुद्धिकुमार राजभण्डारी, नेताहरू मिङमारछिरी शेर्पा, आशकुमार राई ‘शिशिर’ र दिपक राज भण्डारीको नाम सिफारिस भएको छ भने समानुपातिकमा डिबी रानापाल, आङकाजी शेर्पा, कुमार राई, केशव खड्का र कल्पना राईको नाम सिफारिस गरिएको अध्यक्ष बास्तोलाले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #मानवीर राई सर्वसम्म
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्