Techie IT
सोमबार, वैशाख २२,२०८२

महानगरले असनको फुटपाथ हटाउन थालियो


काठमाडौं । काठमाडौं महानगरपालिकाले असन क्षेत्रका फुटपाथ व्यवसायीलाई हटाउन थालेको छ ।

महानगरले पछिल्लो समय इन्द्रचोक क्षेत्रमा अव्यवस्थित तवरले सञ्चालित पार्किङ, मन्दिर वरिपरिको व्यवसाय आजदेखि हटाउन सुरु गरेको हो ।

इन्द्रचोकदेखि असन क्षेत्रको फुटपाथ खाली गराउन थालिएको काठमाडौं महानगरको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।

असन क्षेत्रमा हिँड्ने मान्छेका लागि फुटपाथमा राखेका भाँडाकुँडा, क्रिष्टलका सामग्रीहरु, खेलौना पसल, फेन्सीका सामान, माटाका सामग्रीहरु भोलि बिहानसम्म हटाउन निर्देशन दिइएको पाण्डेले बताए ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका, #महानगरले असनको फुटपाथ हटाउन थालियो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:19 am6:41 pm +0545