१ लाख १५ हजार म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि आवेदन खुल्दै
काठमाडौं । गृह मन्त्रालयले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरी छनोटसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयले पठाएको मापदण्ड स्वीकृत गरेको हो ।
मापदण्ड पारित भएसँगै अब प्रहरी प्रधान कार्यालयले भदौ २६ गते म्यादी प्रहरीको आवेदनका लागि पत्रिकामा सूचना प्रकाशित गर्नेछ । त्यसपछि भदौ ३० देखि असोज ६ सम्म आवेदन दिन सकिनेछ ।
त्यस्तै, असोज ९ देखि १४ गतेभित्र छनोट प्रक्रिया पूरा गरिसक्नुपर्नेछ भने नतिजा चाहिँ असोज २५ मा प्रकाशन गरिने कार्यविधिमा उल्लेख छ ।
अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न गृह मन्त्रालयलाई सहमति दिएको छ । म्यादीको कार्यवधी ४० दिनको हुनेछ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #१ लाख १५ हजार म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि आवेदन खुल्दै, #म्यादी प्रहरी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्