१ लाख १५ हजार म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि आवेदन खुल्दै

काठमाडौं । गृह मन्त्रालयले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि म्यादी प्रहरी छनोटसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ ।
मन्त्रालयले प्रहरी प्रधान कार्यालयले पठाएको मापदण्ड स्वीकृत गरेको हो ।
मापदण्ड पारित भएसँगै अब प्रहरी प्रधान कार्यालयले भदौ २६ गते म्यादी प्रहरीको आवेदनका लागि पत्रिकामा सूचना प्रकाशित गर्नेछ । त्यसपछि भदौ ३० देखि असोज ६ सम्म आवेदन दिन सकिनेछ ।
त्यस्तै, असोज ९ देखि १४ गतेभित्र छनोट प्रक्रिया पूरा गरिसक्नुपर्नेछ भने नतिजा चाहिँ असोज २५ मा प्रकाशन गरिने कार्यविधिमा उल्लेख छ ।
अर्थ मन्त्रालयले १ लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्न गृह मन्त्रालयलाई सहमति दिएको छ । म्यादीको कार्यवधी ४० दिनको हुनेछ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #१ लाख १५ हजार म्यादी प्रहरीका लागि भदौ ३० गतेदेखि आवेदन खुल्दै, #म्यादी प्रहरी
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्