पर्यटन व्यवसायी प्रकाश गौतम र माओवादीका पूर्वलडाकूसहित ४५० जना युवा एमालेमा प्रवेश
काठमाडौं । पर्यटन व्यवसायी तथा समाजसेवी प्रकाश गौतम, माओवादी केन्द्रका पूर्व लडाकू सुगम रेग्मीसहित विभिन्न दलका करिव ४५० युवा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गर्नुभएको छ ।
नेकपा (एमाले) केन्द्रीय कार्यालयमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँहरूलाई पार्टीका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र महासचिव शंकर पोखरेल र स्थायी कमिटी सदस्य भानुभक्त ढकालले टीका र खादा लगाई स्वागत गर्नुभयो ।
पर्यटन व्यवसायी गौतम काठमाडौंको बूढानीलकण्ठ निवासी हुनुहुन्छ । उहाँ झापाको विर्तामोडमा सञ्चालनमा रहेको होटल किङ्सवरिका अध्यक्ष हुनुहुन्छ ।
पार्टी प्रवेश गर्नेमा मनिषा सुवेदी गौतम र माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य अनुप तिमिल्सिना, माओवादी केन्द्रका पूर्व लडाकू सुगम रेग्मी लगायत हुनुहुन्छ । माओवादी केन्द्रका पूर्व लडाकू रेग्मीले आफूसँगै ५६ जना युवा साथीहरू एमालेमा प्रवेश गरेको वताउनुभयो । उहाँहरू पार्टी प्रवेशका लागि बाजागाजासहित पार्टी कार्यालय आइपुग्नुभएको थियो । पार्टी प्रवेश गर्नेहरूमा अधिकांश माओवादी र नेपाली काँग्रेसका युवा हुनुहुन्छ ।
पार्टीमा नवप्रवेशीहरूलाई स्वागत गर्दै उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले नेकपा (एमाले) र यसका अध्यक्ष केपी शर्मा ओलीलाई बाह्य शक्तिको समेत षडयन्त्रमा घेराबन्दी गरिए पनि नेपाली जनताले एमाले र यसको नेतृत्वलाई माया र विश्वास गर्नु सुखद पक्ष हो भन्नुभयो ।
देशभर एमाले प्रवेशको लहर चलिरहेको वताउँदै उपाध्यक्ष नेम्वाङले आगामी निर्वाचनमा अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि सारेर पार्टी निर्वाचन अभियानमा होमिइसकेकाले एमालेको सरकारले विगतमा गरेका राम्रा काम लिएर जनतामा जाँदा सफलता प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।
वर्तमान गठबन्धन सरकारले देश र जनताका हितमा कुनै काम गर्न नसकेको र जे गरिरहेको छ गलतमात्रै गरिरहेको चर्चा गर्दै प्रमुख प्रतिपक्ष एमालेले गलत काममा आवाज उठाउँदा टेरपुच्छर नलगाउने गठबन्धनलाई जनताको अदालतले सजाय दिने उहाँको भनाई थियो ।
उपाध्यक्ष नेम्वाङले नवप्रवेशी साथीहरूलाई पार्टीले उपयुक्त जिम्मेवारी दिने, पार्टीमा काम गर्ने अवसर पाउने र पश्चाताप गर्ने दिन नआउने विश्वास दिलाउँदै स्वागत र शुभकामना व्यक्त गर्नुभयो ।
नवप्रवेशीमध्येबाट पर्यटन व्यवसायी प्रकाश गौतमले समृद्ध नेपाल सुखी नेपाल को राष्ट्रिय अभियान लिएर काम थाल्नुभएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई देशीविदेशी षडयन्त्रका कारण सरकार छाड्नुपरे पनि आगामी निर्वाचनमा एमालेलाई विजयी बनाई अध्यक्ष ओलीको कार्यकालका विकास निर्माण लगायतका काम पुनः अगाडि बढाउने अवसर सिर्जना गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले आफू एमालेमा प्रवेश गरे पनि राजनीति भन्दा पनि सेवाको दृष्टिकोणले काम गर्ने बताउनुभयो ।
पार्टी प्रवेश कार्यक्रमलाई पार्टीका केन्द्रीय सदस्य गंगा चौधरी सत्गौवा र दीपक राउतले समन्वय र सहजीकरण गर्नुभएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमालेमा प्रवेश
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्