मन्त्री बस्नेतकी भतिजि मृत फेला
काठमाडौं । वन तथा वाताबरण मन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत फेला परेकी छिन् । बबिता मन्त्री बस्नेतका दाजु ललित बहादुर बस्नेतकि छोरी हुन् । बबिता पत्रकार तथा उर्जा मन्त्री वर्षमान पुनका प्रेस सल्लाहाकार रोशन खड्काकी श्रीमति समेत हुन् । बबिताको करिब ३ वर्षअघि रोशन खड्कासँग बिहे भएको थियो ।
उनी आइतबार वेस्टार अपार्टमेन्टको आफ्नै फ्ल्याटमा मृत फेला परेकी हुन् । ललितपुर प्रहरीका अनुसार उनलाई सलको पासो लगाएको अवस्थामा फेला पारिएको हो । आइतबार बिहान १० बजेसम्म पनि बबिता नउठेपछि उनकी नन्दले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले घटना शंकाष्पद रहेकाले अनुसन्धान भईरहेको बताएको छ ।
क्याटेगोरी : मनोरञ्जन/साहित्य
ट्याग : #बबिता बस्नेत
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्