कानून पालना गराउँदा सुरक्षागार्ड पक्राउ गराएको घटनाप्रति बाबुरामको कडा आक्रोश
काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले कानून पालना गराउँदा सुरक्षागार्डलाई पक्राउ गराएको घटनालाई लिएर पर्यटनमन्त्री जीवनराम श्रेष्ठप्रति कडा आक्रोश पोख्नुभएको छ । भट्टराईले लाइनमा बस्नुस् भन्दा सुरक्षागार्डलाई थुनिनु परेको भन्दै यो भन्दा लज्जास्पद कुरा के हुन्छ रु भन्दै प्रश्न गर्नुभएको छ ।
‘मन्त्रीलाई लाइनमा बस्नुस् भन्दा सुरक्षागार्डलाई थुनिएको समाचार सत्य हो भने यो भन्दा लज्जास्पद कुरा के हुन्छ रु नियम पालना गराउने अपराधी कि नियम उल्लंघन गर्ने अपराधीरुयो खबर सुनेपछि ट्राफिक सिग्नल पालन नगर्दा प्रमलाई समेत दण्डित गर्ने देशका पर्यटकले के भन्लान रु ‘ भट्टराईले भन्नुभएको छ ।
पर्यटनमन्त्री श्रेष्ठले लाइनमा बस्न आग्रह गर्ने सुरक्षागार्ड शेरजंग गुरुङलाई पक्राउ गरी अभद्र व्यवहारसम्बन्धी कसूरमा अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
शुक्रबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ ठमेलस्थित छायाँ सेन्टरमा श्रीमतीसहित दलबल लिएर पुग्नुभएको थियो । एउटा कार्यक्रमका लागि मन्त्रालयका ६र७ जनासहितको टोली क्यानडा जाने तयारीमा थियो । त्यही अनुसार श्रेष्ठ दम्पती पनि त्यहाँ पुग्नुभएको हो ।
‘गरुड सेक्युरिटी’ अन्तर्गत कार्यरत सुरक्षागार्ड शेरजंग गुरुङले उहाँहरुलाई लाइनमा आउन भन्नुभएको थियो । एकजना प्रत्यक्षदर्शीका अनुसार पर्यटनमन्त्री श्रेष्ठले आफू मन्त्री भएको बताउँदै अगाडि जान खोजेपछि सुरक्षागार्डले रोक्दा विवाद भएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #जीवनराम श्रेष्ठ, #बाबुराम भट्टराई
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्