Techie IT
मंगलबार, वैशाख २३,२०८२

क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारमा १० जनाको मृत्यु


ओटाबा । क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारमा कम्तीमा १० जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् ।
क्यानडाको मध्य सास्काचेवान प्रान्तमा भएका घटनाका संदिग्धहरूको प्रहरीले खोजी सुरु गरेको छ ।
३१ वर्षीय डेमियन स्यान्डरसन र ३० वर्षीय माइलेस स्यान्डरसन नामका दुई संदिग्धहरू फरार छन् । प्रहरीले शंकास्पद व्यक्तिहरुको खोजी कार्य जारी राखेको छ ।
पीडितहरू उत्तर पूर्वमा रहेको आदिवासी क्षेत्र जेम्स स्मिथ क्री नेसन र नजिकैको वेल्डनसहित १३ विभिन्न स्थानहरूमा फेला परेका थिए ।

 


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #क्यानडामा दुई समुदायबीच भएका छुरा प्रहारमा १० जनाको मृत्यु, #छुरा प्रहार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:18 am6:41 pm +0545