आज मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १६ औँ राष्ट्रिय दिवस

काठमाडौं । आज मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १६ औँ राष्ट्रिय दिवस । सार्कको ११ औँ सम्मेलनबाट पारित महिला तथा बालबालिका बेचबिखन विरुद्घको सार्क महासन्धि २००२ लाई तत्कालीन व्यवस्थापिका संसदबाट २०६३ भदौ २० गते अनुमोदन भएपछि त्यहि दिनको सम्झनामा २०६४ सालदेखि मानव बेचबिखन विरुद्घको राष्ट्रिय दिवस मनाउन सुरु गरिएको हो । आज नेपालमा ‘तीनै तहको सरकार ः बेचविखन विरुद्ध जिम्मेवार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरि यो दिवसलाई मनाईँदै छ ।
सरकारले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ र नियमावली, २०६५ को व्यवस्था गरी कार्यान्वयनमा ल्याइसकेको छ । संविधानले नै मौलिक हकमा कसैलाई पनि बेचबिखन गर्न वा दास बनाएर राख्न नपाइने व्यवस्था गरेको छ ।
तर अझै पनि गरिबी, अशिक्षा, बेरोजगारी, देखासिकी, असुरक्षित आप्रवासन, लैंगिक हिंसा तथा प्राकृतिक प्रकोपका कारण आफ्नो बासस्थानबाट विस्थापित हुँदा महिला तथा बालबालिका बेचबिखन र ओसारपसारको जोखिममा पर्ने गरेको आफन्त नेपालका निर्देशक इन्द्रराज भट्टराई बताउँछन् ।
विषेश गरि गरिबी, अशिक्षा, बेरोजगारी, देखासिकी, असुरक्षित आप्रवासन, लैंगिक हिंसा तथा प्राकृतिक प्रकोपका कारण आफ्नो बासस्थानबाट विस्थापित हुँदा महिला तथा बालबालिका बेचबिखन र ओसारपसारको जोखिममा पर्ने गरेका छन् ।
नेपाली महिलाहरुलाई वा बालबालिकालाई भारत लगाएत अन्य मुलुकमा लैजाने प्रचलन त्यतिकै रहेको र महिला वा बालिकालाई वेश्यावृत्तिमा लगाउने, यौनदासी बनाउने वा मनोरञ्जन उद्योगमा लगाउने जस्ता कार्यहरु फरक ढंगबाट भईरहेको उनको भनाई छ ।
भट्टराईले सरकारले २०७४ साल बाट खाडी मुलुकमा घराएसी काममा जाने प्रचलनलाई बन्द गरेतापनि धेरै महिलाहरु भारतको बाटो हुँदै म्यानमार, श्रीलंका, बंगलादेश हुँदै खाडी मुलुक जाँदै गर्दा बेचविखनमा पर्ने गरेको प्रहरी अनुमान छ ।
राज्यले अहिलेसम्म एकिकृत तथ्याँक निर्माण गर्न सकेको छैन् । तर हजारौको संख्यामा उद्धार भएको छ । विदेशको सन्दर्भमा सयौंको संख्यामा उद्धार भएको छ । १० औं हजारको संख्यामा वेचबिखन हुने गर्दछ । प्रहरीमा दर्ता भएको मुद्धा हेर्ने हो भने २ सय देखि ३ सयको हाराहारीमा छ । यसले गर्दा संख्या घटेको होकी जस्तो लाग्न सक्छ तर प्रकृतिको हिसाबले बेचबिखनमा स्वरुपहरु विभिन्न ढंगले बढिरहेको देख्दा मानव तस्कर घटेको छैन् ।
विभिन्न संघ संस्थाले नेपाल र भारतको सिमा नाकामा बसेर महिला र बालबालीकाहरु सुरक्षा गर्दै आएको छन् । तर पनि मानव बेचबिखनको प्रवृति पनि फेरिँदै गईरहेको छ । गरिवीको फाइदा उठाउदै कतिलाई बैदेशिक जागिरको प्रलोभनमा त कतिलाई बिवाहवारीको मायाजाँलमा पारेर मानव बेचबिखन र तस्करी गर्ने गरेको सामान्य उदारहणहरु भेटिने गरेका छन् । मानव बेचविखन अन्त्य गर्न सरकारले गरिवी हटाउने कामलाई विशेष जोड दिने नीति अपनाउनु पर्दछ ।
नेपालमा पनि सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण सम्बन्धि कानून कार्यान्वयनमा ल्याएपनि तर प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु सजिलै उम्कने र पीडितले न्याय पाउन नसक्ने अवस्थाको अन्त्य हुन सकेको छैन । मानव बेचबिखन जस्तो अपराध अन्त्यको लागि आवाज उठाउनुपर्छ ।
सरकारले सबै मन्त्रालयहरु र समाजिक संघ संस्थाहरु संग समन्वय गरेर यो अभियनलाई सफल बनायने र ७५३ वटै स्थानिय तहहरुसंग पु¥याउने ७६१ वटै सरकार यसको पक्षमा काम गर्नेमा सरोकारवालाको जोड छ । अन्तर्रारिाष्ट्रय स्तरमा भने जुलाई ३० तारिखका दिन यो दिवस मनाइँदै आइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #आज मानव बेचबिखन तथा ओसारपसारविरुद्धको १६ औँ राष्ट्रिय दिवस, #मानव बेचबिखन
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्