इमेज च्यानल टेलिभिजनमा पत्रकार महासंघले दियो धर्ना
काठमाडौं। नेपाल पत्रकार महासंघले आइतबार लाजिम्पाटस्थित इमेज टेलिभिजनको कार्यालय परिसरमा एक घण्टा धर्ना दिएको छ ।
कोभिडकालमा निश्काशन गरेका श्रमजीवीहरुको पारिश्रमिक अझै उपलब्ध नगराएको, २०७६ देखि चाडवाडका पैसा उपलब्ध नगराएको, कल्याणकारी कोषमा पत्रकारको पारिश्रमिक काटिने तर व्यवस्थापन पक्षले पारिश्रमिक नहालेको र नियमित पारिश्रमिक नदिइएको, न्यूनतम पारिश्रमिक समेत सबै पत्रकारहरुलाई नदिएको भन्दै पत्रकार महासंघले सो टेलिभिजनमा आइतबार सांकेतिक रुपमा एक घण्टा धर्ना दिएको हो ।
नेपाल पत्रकार महासंघ इमेज प्रतिष्ठान शाखाले व्यवस्थापनसँग केही समय अगाडि मागपत्र प्रस्तुत गर्दा र महासंघ केन्द्रले पनि इमजेमा देखिएका श्रमसम्बन्धी समस्या समाधानका लागि पटक–पटक आग्रह गर्दा समेत व्यवस्थापन पक्षबाट बेवास्ता भएपछि महासंघले आइतबार धर्ना दिएको बताएको छ ।
धर्ना कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरु लगायत ईमेज च्यानलमा कार्यरत पत्रकार र अन्य सञ्चारमाध्यममा काम गर्ने पत्रकारको सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #इमेज च्यानल, #इमेज च्यानल टेलिभिजनमा पत्रकार महासंघले दियो धर्ना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्