Techie IT
मंगलबार, मंसीर २,२०८३

पुँजीवादको अन्त्य नभएसम्म देश स्वाधिन हुन सक्दैन: धर्मेन्द्र बास्तोला


काठमाडौं । नेकपा बहुमत पार्टीका संयोजक धर्मेन्द्र बास्तोलाले दीर्घकालिन रुपमा पुँजीवादको अन्त्य नभएसम्म देश स्वाधिन हुन नसक्ने बताएका छन् । माक्र्सवादी ज्ञान केन्द्रद्वारा आयोजित समाजवादको नेपाली मार्गचित्र विषयक विचार गोष्ठीमा बोल्दै उनले मुलुकमा समाजवाद र सोचेँ जस्तो अर्थ प्रणालि निर्माण गर्न पुँजीवादको अन्त्य हुनुपर्नेमा जोड दिए ।

“दीर्घकालिन हिसाबले जबसम्म पुँजीवादको अन्त्य गर्न सक्नुहुन्न देशभित्र । अर्थात हामी सक्दैनौं । जबसम्म तपाई हामी मिलेर यसको अन्त्य गर्न सक्दैनौं । तब सम्म त्यो देश स्वाधीन हुन सक्दैन् । समाजवाद हुन सक्दैन् । त्यहाँको अर्थ प्रणालि पनि तपाईले सोचे जस्तो हुँदैन् ।”
बास्तोलाले मुलुकमा राजनैतिक स्थिरता आवश्यक रहेको उल्लेख गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #धर्मेन्द्र बास्तोला


तपाईको कमेन्ट लेख्नुहोस्