मानव बेचबिखन तथा ओसारपसार निमन्त्रण नीति बनाउन सरकारलाई निर्देशन
काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिले मानव बेचबिखन तथा ओसारपसार निमन्त्रण नीति बनाउन सरकारलाई निर्देशन दिएको छ ।
नेपालमा मानव बेचबिखनको अवस्था, पीडितको उद्धार एवं पुनर्स्थापना तथा रोकथामको मार्गचित्रका सम्बन्धमा छलफल गर्न आज सिंहदरबारमा बसेको समितिको बैठकले मानव बेचबिखन नियन्त्रण सम्बन्धी नीति नहुँदा यसको रोकथाम र नियन्त्रण हुन नसकेको भन्दै मानव बेचबिखन तथा ओसारपसार निमन्त्रण नीति बनाउन सरकारलाई निर्देशन दिएको हो ।
यस्तै समितिले विशेष गरी बालबालिका र महिलाहरू मानव बेचबिखन तथा बाध्यकारी श्रममा पर्ने भएकाले उनीहरू बसाई सर्दा वा विदेश जाँदा स्थानीय तहमा अद्यावधिक विवरण राख्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
समितिले बदलिँदो परिवेशसँगै मानव बेचबिखनको स्वरूप समेत परिवर्तन भएको भन्दै मानव बेचबिखन तथा ओसारपसार निमन्त्रणका सम्बन्धमा उद्धार र राहतका लागि मोबाइल एम सञ्चालनमा ल्याउन समेत निर्देशन दिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभाको महिला तथा सामाजिक समिति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्