शशांक कोइराला र बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्रबाट दिए आवेदन

नवलपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइराला र उद्योगपति बिनोद चौधरीले एउटै निर्वाचन क्षेत्र रोज्नुभएको छ ।
कांग्रेस सभापति तथा प्रधानमन्त्रीका बिश्वासपात्र बिनोद चौधरी कांग्रेसका प्रतिनिधि सभाका समानुपातिक सदस्य हुनुहुन्छ । उहाँले कोइरालाकै क्षेत्रमा धावा बोलेपछि नवलपुरमा चरंग आएको छ । दुबैजनाले पूर्वी नवलपरासी (नवलपुर) को निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्न आवेदन दिएको नेपाली कांग्रेसका जिल्ला सचिव होमराज रानाभाटले जानकारी दिनुभयो ।
उक्त निर्वाचन क्षेत्रबाट डा कोइरालाले ३ पटक चुनाव जित्नुभएको छ । यसपटक पनि सोही निर्वाचन क्षेत्रबाट उहाँको चुनाव लड्ने तयारी छ । त्यसो त उद्योगपति चौधरीले २ नं क्षेत्रबाट पनि प्रतिनिधि सभा सदस्यमा चुनाव लड्न आवेदन दिएको पार्टी जिल्ला सचिव रानाभाटले बताउनु भयो ।
जिल्लामा २ निर्वाचन क्षेत्र छन् । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्नका लागि कुल १४ जनाले आवेदन दिएका छन् । जसअनुसार निर्वाचन क्षेत्र नं १ बाट ८ जना र क्षेत्र नं २ बाट ६ जनाले आवेदन दिएको पार्टीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान, #बिनोद चौधरी, #शशांक कोइराला
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्