घोषणापत्रमा समेटिनुपर्ने विषयबारे सर्वसाधारणसँग एमालेले माग्यो सुझाव
काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन घोषणापत्रमा समावेश गर्न आवश्यक विषयबारे सुझाव दिन सर्वसाधारणलाई आह्वान गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठित घोषणा पत्र मस्यौदा कमिटीले घोषणापत्रमा समावेश गरिने विषयवस्तुका सन्दर्भमा समग्र पार्टी पङ्तीलाई १५ भदौसम्ममा सुझाव दिन आह्वान गरेको थियो । पार्टीका सबै निकाय तथा कमिटीहरू, विभागहरू, पार्टीसम्बद्ध जनसंगठन र पार्टीका नेताकार्यकर्तालाई दिइएको समय सकिएको छ । अधिकांश विभाग र जनसंगठनहरूले आ–आफ्नो सुझाव समेत दिइसकेको पनि जनाइएको छ ।
एमालेले पार्टी कमिटी बाहिर रहेका एमालेका मित्र तथा शुभेच्छुकहरू र आम जनसाधारणहरूसँग पनि सुझाव आह्वान गरेको हो । एमालेप्रति सद्भाव राख्ने जो कोहीले पनि एमालेले गर्नुपर्ने कामको सुझाव दिन चाहे २५ भदौ २५ भित्र पार्टी केन्द्रीय कार्यालयमा उपलब्ध गराई दिन आह्वान गरिएको छ ।
सुझावको लागि पार्टीको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीलाई सम्पर्क व्यक्ति तोकिएको छ भने partyhq@cpnuml.org मार्फत पनि सुझाव पठाउन सकिने छ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #घोषणापत्रमा समेटिनुपर्ने विषयबारे सर्वसाधारणसँग एमालेले माग्यो सुझाव, #नेकपा एमाले, #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्