Techie IT
सोमबार, वैशाख २२,२०८२

आज प्रतिनिधि सभाको बैठक २ बजे बस्ने


काठमाडौं । संघीय संसद अन्तर्गत आज प्रतिनिधि सभाको बैठक बस्ने भएको छ ।
बैठक दिउँसो २ बजे शुरु हुनेछ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको छ ।
यस्तै संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने, प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #आज प्रतिनिधि सभाको बैठक २ बजे बस्ने, #प्रतिनिधि सभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545