खोटाङमा तातियो चुनावी माहोल

खोटाङ । आगामी मङ्सिर ४ गते देशभर एकैसाथ हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै यहाँ चुनावी माहोल तातिएको छ । प्रतिनिधिसभाका लागि एक र प्रदेशभाका लागि दुई सदस्य निर्वाचित हुने जिल्लामा अहिले साना–ठूला सबै राजनीतिक दलबाट उम्मेदवारको नाम छनोट गरेर प्रदेश तथा केन्द्रमा सिफारिस गर्ने काम धमाधम भइरहेको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसबाट निर्वाचन लागि ४२ नेताहरूको नाम सिफारिस भएको छ । पूर्वराज्यमन्त्रीदेखि पूर्ववडाध्यक्षसम्मले निर्वाचनका लागि उम्मेदवारी दिने उद्देश्यले आ–आफ्नो नाम जिल्ला कार्यसमितिमार्फत सिफारिस गराएका छन् ।
प्रतिनिधिसभाकाको प्रत्यक्षतर्फ पूर्वराज्यमन्त्री सर्वधन राईसहित १० जनाको नाम सिफारिस भएको कांग्रेस खोटाङका सचिव ज्ञानेन्द्र जोशीले जानकारी दिनुभयो । उसले सुवास पोखरेल, भूपेन्द्र राई, हीरा गुरुङ, रोजन राई, डा राजकुमार राई, रामप्रसाद आचार्य ‘आरपी’, विष्णुराज राई, योगेन्द्र राई र शरणकुमार राईको नाम प्रतिनिधिसभा सदस्यका लागि केन्द्रमा सिफारिस गरेको हो ।
यस्तै समानुपातिक कोटामा महिलातर्फ सरस्वती बजिमय र शान्ति राई, समानुपातिक खुलातर्फ दिनेश राई, काशीनाथ आचार्य, पदमकुमार निरौला, महेन्द्रकुमार कटुवाल, नवराज केसी, केशवराज कार्की र महेश रेग्मीको सिफारिस गरिएको छ ।
प्रदेशसभा (क) बाट प्रत्यक्षमा नरेशकुमार श्रेष्ठ, जितेन्द्रसिंह ठकुरी, वीरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैँजुलाई सिफारिस गरेको छ । यसैगरी समानुपातिकमा रोजन राई, दुरेन्द्रकुमार राई, पेशलकुमार राई, राजनशेर राई, हीराबहादुर निरौला, डिल्लीकुमारी आचार्य र देवी राईको नाम सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।
प्रदेशसभा (ख)बाट प्रत्यक्षतर्फ जिल्ला सभापति विष्णुकमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, कृष्णप्रसाद भट्टराई, शम्भु कार्की र पूर्णबहादुर खड्काको नाम सिफारिस गरिएको जनाइएको छ । यस्तै समानुपातिकको खुला पुरुषबाट शहरमान राई, महिलातर्फ कमला राई तथा अन्यमा इच्छुराम राना, निर्मला ढकाल, वसन्त राई, दीपराज राई, प्रतिक्षा राई, कान्ता केसी (बस्नेत), ध्रुवकला राई, सपना राई, निर्मला राई र राजु ढकालको सिफारिस गरिएको कांग्रेसले जनाएको छ ।
नेकपा (एमाले) खोटाङले प्रदेशसभा ९ख०का लागि प्रत्यक्षतर्फ जिल्ला अध्यक्ष रामप्रसाद दङ्गालको एकमात्र नाम सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको छ । उसले खोटाङको पाँचौँ जिल्ला भेलामा प्रदेखसभा ९ख०का लागि अन्य नेताहरूको दाबी नरहेकाले जिल्ला अध्यक्ष दङ्गालको मात्र एकल नाम प्रदेश समितिमा सिफारिस गरिएको जिल्ला सचिव कुमार आचार्यले जानकारी दिनुभएको छ ।
समानुपातिकमा प्रदेश समिति सदस्य दूधराज तामाङ, सचिवालय सदस्यहरु चर्चबहादुर विश्वकर्मा, दिलचक्र राई र गीतामाया राई तथा जिल्ला सदस्य भगवती प्रधानको नाम सिफारिस भएको एमाले खोटाङले जनाएको छ । प्रदेशसभा (क)मा जिल्ला उपाध्यक्ष देवविक्रम राई, प्रदेश समिति सल्लाहकार सर्वधन राई, जिल्ला सचिवालय सदस्य लीलानाथ निरौला र जिल्ला सदस्य अनिशा खनालको दाबी रहेको जनाइएको छ ।
प्रदेशसभा (क)मा आकाङ्क्षी धेरै देखिए पनि सहमतिमा एक जनाको मात्र नाम सिफारिस हुने सचिव आचार्यले जानकारी दिनुभयो । प्रतिनिधिसभाका लागि पोलिटब्यूरो सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य उषाकला राई, खगेन्द्र राई र रमेश पौडेल, प्रदेश सदस्य पाचँकर्ण राई ‘पिके’, राजन ढकाल र देवान राईको दाबी रहेको जनाइएको छ ।
यद्यपि प्रतिनिधिसभा सदस्यका लागि सहमति गरेर एक जनाको मात्र नाम सिफारिस गर्ने गरी छलफल भइरहेको एमाले खोटाङले जनाएको छ । प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छनोट गर्न दिक्तेलमा आयोजना गरिएको एमालेको बैठक जारी छ ।
सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) खोटाङको बैठक भोलि भदौ २० गते बस्ने तयारी गरिएको प्रदेश सदस्य एवं सचिवालय सदस्य होमकाजी आचार्य ‘विनोद’ले जानकारी दिनुभयो । माओवादी केन्द्रमा पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज समिता कार्की ‘अस्मिता’, पोलिटब्यूरो सदस्य एवं १ नं प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई ‘पासाङ’, पोलिटब्यूरो सदस्य दुर्गाजयन्ती राई, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष टङ्क राईलगायतका नेताको दाबी छ ।
प्रदेशसभा ९क०मा प्रदेश सदस्य जीवन राई, टङ्क तामाङ, सुरेश राई, मनकुमारी रसाइलीलगायतका नेताको नाम चर्चामा छ । प्रदेशसभा ९ख०मा वैकल्पिक केन्द्रीय सदस्य ध्रुव बुढाथोकी, प्रदेश उपाध्यक्ष देवान चाम्लिङ, जिल्ला संयोजक आकाश पाण्डेलगायतका नेताहरूको दाबी छ ।
जनता समाजवादी पार्टी नेपाल ९जसपा० खोटाङले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सङ्घीय परिषद अध्यक्ष अशोक राईको नाम सिफारिस गरेको छ । जसपा जिल्ला समन्वय समिति खोटाङको भदौ ११ र १२ गते भएको बैठकले अध्यक्ष राईको नाम सिफारिस गरेको हो ।
खोटाङको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी स्थायी घर भएका अध्यक्ष राई खोटाङबाट दुई पटक सांसद बन्नुभएको थियो । विसं २०४८ को आम निर्वाचनमा खोटाङ क्षेत्र नं ३ र २०५१ मा भएको मध्यावधि निर्वाचनमा खोटाङ क्षेत्र नं २ बाट नेकपा ९एमाले०बाट सांसदमा निर्वाचित हुनुभएको हो ।
सङ्घीय परिषद् अध्यक्ष राईसँगै राजनीतिक समिति सदस्य डा कृष्णकुमार राईको नामसमेत सिफारिस गरिएको जसपा खोटाङका अध्यक्ष पिके खम्बुले जानकारी दिनुभयो । समानुपातिकमा केन्द्रीय कार्यकारिणी सदस्य पर्शुराम बस्नेत, राजनीतिक समिति सदस्य देवराज राई, केन्द्रीय सदस्य तेजमाया राई, किरात राष्ट्रिय समिति उपाध्यक्ष प्रेमकुमार राई र जिल्ला समन्वय समिति सचिव सुनिल चाम्लिङको नाम सिफारिस गरेको छ ।
प्रदेश ९क० मा प्रत्यक्षमा सङ्घीय परिषद् सदस्य राकेश राई, प्रदेश समिति सदस्य नवीन राई, सङ्घीय परिषद् सदस्य विवेक राई, केन्द्रीय समाजवादी युवा अध्यक्ष हेमन्त राई र हलेसी तुवाचुङ नगरपालिका अध्यक्ष मविन्द्र राईको नाम सिफारिस भएको छ । समानुपातिकतर्फ केन्द्रीय सदस्य तेजमाया राई, जिल्ला समिति उपाध्यष नैनबहादुर कटवाल, जिल्ला सल्लाहकार समिति सदस्य बच्चु राई, सल्लाहकार अध्यक्ष कमानसिं राई, जिल्ला सदस्य झुमा पोखरेलको नाम राखिएको छ ।
प्रदेश ९ख० प्रत्यक्षमा राजनीतिक समिति सदस्य देवराज राई र किरात राष्ट्रिय समिति उपाध्यक्ष प्रेमकुमार राईको नाम सिफारिस गर्ने निर्णय भएको छ । समानुपातिकमा राजनीतिक समिति सदस्य रमेश राई, जिल्ला सदस्य लालबहादुर राई, जिल्ला कोषाध्यक्ष नैनकला राई, विद्यार्थी केन्द्रीय सदस्य रविन खम्बु र जिल्ला सदस्य चक्रप्रसाद फुँयालको नाम परेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) खोटाङले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पोलिटब्यूरो सदस्य राजन राईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आगामी मङ्सिर ४ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रदेश सरकार १ नं प्रदेशका सामाजिक विकासमन्त्रीसमेत रहनुभएका पोलिटब्यूरो सदस्य राईको एकमात्र नाम सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा समानुपातिक सदस्यमा जिल्ला अध्यक्ष जलसेर राई र सचिवालय सदस्य सङ्गीता राईको नाम सिफारिस गरिएको युवासङ्घ खोटाङका अध्यक्ष पवन श्रेष्ठले जानकारी दिनुभयो । यस्तै प्रदेशसभा ९क०मा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य वीरबलकाजी राई, प्रदेश सदस्य उदयबहादुर कार्की, प्रदेश सदस्य भीम राई ९बुइपा०, जिल्ला सचिव राजन आचार्य, युवासङ्घको केन्द्रीय सचिवालय सदस्य भीम राई ९बाम्राङ०, प्रदेश सदस्य विष्णु दाहाल, समन्वय परिषद्को प्रदेश सदस्य तेजबहादुर राई र समानुपातिकमा केन्द्रीय सदस्य रमिला गुरुङको नाम सिफारिस भएको छ ।
प्रदेशसभा ९ख०मा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज बबि चाम्लिङ, प्रदेश सदस्य श्यामराज राई, नरेश राई, तारानाथ दाहाल, कुमार राई, परिवर्तन राई, बम खत्री, शम्भु घिमिरे र समानुपातिकमा अम्बिका राईको नाम सिफारिस गरिएको जिल्ला सचिव राजन आचार्यले जानकारी दिनुभयो । जिल्लाबाट आ–आफ्नो दलको तर्फबाट उम्मेदवार सिफारिस भए पनि सत्ता गठबन्धनमा आवद्ध पाँच राजनीतिक दलबीच केन्द्रमा सिट बाँडफाँटको टुङ्गो लागेको छैन ।
जिल्लाका अन्य साना दलहरूले पनि आ–आफ्नो पार्टीका तर्फबाट उम्मेदवारको नाम सिफारिस गर्ने क्रम जारी छ । दश स्थानीय तह रहेको जिल्लाका प्रदेश तथा प्रतिनिधिसभा दुवैमा प्रमुख प्रतिपक्षी दल एमालेका एक्लै र सत्तारुढ चार राजनीतिक दलका साझा उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
रासस
क्याटेगोरी : समाचार
ट्याग : #खोटाङ, #खोटाङमा तातियो चुनावी माहोल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्