Techie IT
मंगलबार, मंसीर २,२०८३

ललितपुर-३ बाट जितजंग बस्नेतको नाम प्रत्यक्षमा सिफारिस


काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा चुनावका लागि कांग्रेसबाट ललितपुर ३ मा जितजंग बस्नेतको नाम एक नम्बरमा सिफारिस भएको छ। शुक्रबार बसेको क्षेत्रीय कार्यसमिति बैठकले केन्द्रीय सदस्य बस्नेतको नाम पहिलो नम्बरमा जिल्लालाई पठाएको हो।

उनीसँगै केन्द्रीय सदस्य मदन अमात्य, केन्द्रीय सदस्य धन खतिवडा र प्रदेशसभा सदस्य केसी श्रेष्ठको नाम सिफारिस भएको छ। समानुपातिकमा ओमकार प्रसाद श्रेष्ठको नाम पठाइएको हो।

नेपाल तरुण दलका पूर्वअध्यक्ष बस्नेत सभापति शेरबहादुर देउवाका विश्वास पात्र समेत हुन्। ललितपुर जिल्लाका पूर्व सभापति रहेका अमात्य दोस्रो संविधानसभामा सदस्य भएका थिए । २०७४ मा भएको चुनावमा ललितपुर ३ बाट माओवादीकी पम्फा भुसालले जितेकी थिइन्। कांग्रेसका मदन अमात्य भुसालसँग पराजित भएका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #जितजंग बस्नेत, #प्रतिनिधिसभा चुनाव, #ललितपुर-३ बाट जितजंग बस्नेतको नाम प्रत्यक्षमा सिफारिस


तपाईको कमेन्ट लेख्नुहोस्