बारामा डाँका र प्रहरीबीच दोहोरो भिडन्त
काठमाडौं । बारामा डाँका र प्रहरीबीच दोहोरो भिडन्त भएको छ ।
उद्योग लुट्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट लुट्न आएका डाँका समूहसँग भिडन्त भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार डाँका समूहले एक राउण्ड फायर गरेका थिए भने प्रहरीले ३ राउण्ड हवाई फायर गरेको थियो ।
त्यस्तै, लुट्न आएकामध्ये दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
समयमै प्रहरी पुगेकाले उद्योग लुटिनबाट रोकिएको छ ।
प्रहरीले घटनास्थलबाट घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एक/एक थान र तीन राउण्ड गोली बरामद गरेको छ । मध्यरातमा १२/१५ जनाको संख्यामा डाँका समूह लुटपाट गर्न उद्योग पसेको सूचना प्रहरी अलर्ट थियो ।
घटनामा डाका समूहले हानेको रडले लागेर एकजना वरिष्ठ सई घाइते भएका छन् । उनको उपचार भइरहेको जनाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #बारामा डाँका र प्रहरीबीच दोहोरो भिडन्त
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्