बारामा डाँका र प्रहरीबीच दोहोरो भिडन्त

काठमाडौं । बारामा डाँका र प्रहरीबीच दोहोरो भिडन्त भएको छ ।
उद्योग लुट्न आएका डाँका समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं २३ भलुहीस्थित एरोटेक प्रालिमा लुटपाट लुट्न आएका डाँका समूहसँग भिडन्त भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार डाँका समूहले एक राउण्ड फायर गरेका थिए भने प्रहरीले ३ राउण्ड हवाई फायर गरेको थियो ।
त्यस्तै, लुट्न आएकामध्ये दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
समयमै प्रहरी पुगेकाले उद्योग लुटिनबाट रोकिएको छ ।
प्रहरीले घटनास्थलबाट घरेलु बन्दुक तथा थान कटुवा पेस्तोल एक/एक थान र तीन राउण्ड गोली बरामद गरेको छ । मध्यरातमा १२/१५ जनाको संख्यामा डाँका समूह लुटपाट गर्न उद्योग पसेको सूचना प्रहरी अलर्ट थियो ।
घटनामा डाका समूहले हानेको रडले लागेर एकजना वरिष्ठ सई घाइते भएका छन् । उनको उपचार भइरहेको जनाइएको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #बारामा डाँका र प्रहरीबीच दोहोरो भिडन्त
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्