नेपाल नेपालीले चलाउने हो, अरुले होइन : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश युवाले नै बनाउने बताउनुभएको छ ।
शुक्रबार झापामा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बनाउने मान्छे मै हो भनेर आफूबाट सुरु गर्नुपर्ने बताउनुभयो । ‘देश बनाउने युवाले हो, देश बनाउने आत्मविश्वासले, देश बनाउनु उद्यमशीलताले हो’, ओलीले भन्नुभयो ।
विगतमा लडेर रक्षा गरिएको देश आज अडिए पुग्ने उहाँले बताउनुभयो । ओलीले नेपाल बनाउन र जोगाउन अब लड्नु नपर्ने प्रष्ट पार्नुभयो । देश जोगाउन र बनाउन अब स्पष्ट अडान राखेर अडिए पुग्ने उहाँले बताउनुभयो । हरेक देशले लडेर राष्ट्रियता रक्षा गरेको छ, आज हामीले लडेर रक्षा गर्नु पर्दैन, हाम्रा राष्ट्रिय हितहरूमा, अडानहरूमा हामी अडिए पुग्छ, नेपाल नेपालीले चलाउने हो, अरूले होइन, नेपाल नेपालीले बनाउने हो अरूले होइन’ ओलीले भन्नुभयो ।
देश बनाउनको लागि आत्मविश्वासका साथ अघि बढ्नु पर्नेमा ओलीले जोड दिनुभयो । यसको लागि नेतृत्व विकासमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्