Techie IT
मंगलबार, मंसीर २,२०८३

धादिङ १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा युवा नेता अधिकारी सिफारिस


काठमाण्डौं । नेपाली कांग्रेस धादिङ क्षेत्र १ बाट आसन्न संघीय निर्वाचनको उम्मेदवारमा युवा नेता विकास अधिकारीको नाम सिफारिस भएको छ । क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचनको उम्मेदवारमा अधिकारी पनि सिफारिसमा परेका हुन । उनी नेपाल विद्यार्थी संघको राजनीतिमा लामो समयदेखि सकृय हुदै आइरहेका छन्।

धादिङ काङ्ग्रेसले युवालाई विश्वास गरेको भन्दै उनले अब हरेक क्षेत्रमा युवा नेतृत्वलाई प्राथमिकता दिनुपर्ने बताए । अधिकारी धादिङको युवा पुस्तामा निकै राम्रो छवि बनाएका युवा नेताको रुपमा परिचित छन् , हरेक जनताको समस्या आफ्नो समस्या जस्तै सोचेर समस्या समाधान मा आफुले सक्ने सहयोग गर्न गरेको उनका साथीहरु बताउछन् ।

केन्द्रमा शेखर कोइराल ,गगन थापासगँ निकै निकट मानिने अधिकारी धादिङमा भने सबैको प्रिय पात्रको रुपमा चिनिने गरेका छन्। सिफारिसमा परेका मध्य उनी देशकै कान्छो उमेदवार हुन । प्रतिनिधिसभा सदस्य पदको उम्मेदार बन्न सहयोग गर्नुहुने सम्पूर्णमा उनले आभार प्रकट गरेका छन् । सरकारले संघीय र प्रादेशिक निर्वाचन मङ्सिर ४ गतेका लागि घोषणा गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #नेपाली कांग्रेस धादिङ क्षेत्र १, #विकास अधिकारी


तपाईको कमेन्ट लेख्नुहोस्