केपी ओली र शेखर कोइरालाबीच बालकोटमा भेटवार्ता
काठमाडौं । गृहजिल्ला झापा जानुअघि नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका नेता शेखर कोइरालाबीच बालकोटमा भेटवार्ता भएको छ । गठबन्धनमा सिटबाँडफाँडमा रस्साकस्सी भइरहेको बेला कांग्रेसका नेता डा। शेखर कोइराला एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुग्नुभएको हो ।
उहाँहरूबीच करिव डेढ घण्टा कुराकानी भएको बालकोट श्रोतले बताइएको छ । बालकोट स्रोतका अनुसार समसामयिक विषयमै दुई नेताबीच छलफल भएको बताएको छ । ओलीले गठबन्धनका नाममा प्रचण्ड–माधवको घाँडो नभिर्न कांग्रेस नेताहरूलाई सुझाव दिँदै आउनुभएको छ ।
केही दिनअघि कांग्रेसका अर्का नेता डा।मिनेन्द्र रिजालले पनि बालकोट पुगेर ओलीसँग छलफल गर्नुभएको थियो । त्यसलगत्तै ओलीसहितका नेताले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गर्नु भएको थियो ।
प्रचण्ड र माधवको कुनै अर्थ छैन यता नभए एमालेसंग मिल्छौ भनेर काँग्रेसलाई दवावमा राखेका हुन, ढुक्क हुनुहोस् एमालेले उनीहरूसँग तालमेल गर्दैन’ ओली काँग्रेस नेतालाई भनेको श्रोतले बताएको छ । ओली भेट्न जाने काँग्रेस नेताहरूले ओलीलाई ‘तपाईहरू फेरि मिल्नुहुन्छ भनेर शेरबहादुर दाई डराउनु भएको छ ।’ भन्ने गरेको श्रोतले बताएको छ ।
उता काँग्रेसभित्रै पनि किटकका लागि किचलो चुलिदों छ । शेरबहादुरले पेलेरै जाने मनशाय राखेकाले काँग्रेसभित्रका पनि विपक्षी समूह त्रसित छ । उहाँहरू त्यस्तै परे एमालेसँग मिलेर चुनाव जाने विषयमा पनि सोचिरहनु भएको श्रोतले दावी गरेको छ । एकसय सिट नभए काँग्रेसभित्रै बाँडफाँड नमिल्ने, काँग्रेसलाई सय सिट छाडेर गठबन्धन नहुने भएकाले गठबन्धन नै सकसमा छ । देउवाको बुधबारको अभिव्यक्ति सिट बाँडफाँडमा काँग्रेसले कम सिट लिएर पनि गठबन्धन जोगाउने खालको रहेको थियो ।
त्यसैले पनि काँग्रेसको स्ंस्थापन इतर समूह एमाले अध्यक्ष ओलीसँग भेटवार्ता बाक्लो बनाएको बताइन्छ । गठबन्धनका अन्य दलको भागमा पर्ने क्षेत्रका काँग्रेसका स्थानीय नेताहरूको पनि अहिले बालकोट आउजाउ बाक्लिएको श्रोतको दावी छ । एमालेका एकथरी नेताहरू पनि राष्ट्रिय स्तरमा कसैसँग घोषित एकता नगर्ने जिल्ला तथा क्षेत्रस्तरमा काँग्रेसको शेखर पक्षसँग तालमेल गर्ने बताउँदै आउनुभएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केपी ओली र शेखर कोइरालाबीच बालकोटमा भेटवार्ता, #केपी शर्मा ओली, #शेखर कोइराला
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्