राष्ट्रपतिद्वारा स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने महिला चिकित्सकहरूलाई सम्मान
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको चिकित्सा तथा स्वास्थ्य सेवाको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउनुभएका महिला चिकित्सकहरूलाई सम्मान पत्रसहित सम्मानित गर्नुभएको छ ।
नेपाल चिकित्सक सङ्घले आज राष्ट्रपतिको कार्यालय शितल निवासमा आयोजना गरेको कार्यक्रममा राष्ट्रपति भण्डारीले ओमन इन मेडिसिन लाइफटाईम एचिभमेण्ट अवार्डबाट ५ जना र ओमन इन मेडिसिन अवार्डबाट १० जना महिला चिकित्सक गरी १५ जनालाई सम्मान पत्रसहित सम्मानित गर्नुभएको हो ।
ओमन इन मेडिसिन लाइफटाईम एचिभमेण्ट अवार्डबाट सम्मानित हुनुहुने पाँच जना महिला चिकित्सकमा डा. विमला ओझा, डा.नारायणी श्रेष्ठ, डा.रेवा श्रेष्ठ, डा.गीता बस्न्यात र डा.ओम शाह बिष्ट रहनुभएको छ ।
यस्तै, ओमन इन मेडिसिन अवार्डबाट सम्मानित हुनुहुने १० जना महिला चिकित्सकमा डा. आस्मा राणा, डा.बसुदा खनाल, डा.कमला बुढाथोकी, डा.लक्ष्मीनानी श्रेष्ठ, डा. मिरा मल्ल, डा.मिथिला शर्मा अधिकारी, डा.रोशना अमात्य, डा.स्वराज राजभण्डारी, डा.तिर्था राना र डा.उषा शाह रहनुभएको छ ।
सम्मान कार्यक्रममा नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्कीले कोभिड–१९ होस् वा भूकम्प पछिको समय होस्, जस्तोसुकै जोखिमपूर्ण अवस्थामा पनि चिकित्सकहरूले खेल्दै आएको भूमिका निकै महत्त्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल चिकित्सक संघका पूर्व अध्यक्ष डा.केदारनरसिंह के.सी., सम्मानित चिकित्सकहरू मध्येबाट डा.स्वराज राजभण्डारी लगायतले नेपालको दुर्दराजमा रही सेवा पुर्याउनुभएका महिला चिकित्सकहरूको राष्ट्रपतिबाट पाएको सम्मानले भावी पुस्तालाई समेत उत्साहित बनाउने काम गरेको बताउनुभयो ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #राष्ट्रपति, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्