Techie IT
मंगलबार, मंसीर २,२०८३

सल्यानमा भीरबाट लडेर एक बालिकाको मृत्यु


सल्यान । सल्यानमा भीरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको कालीमाटी गाउँपालिका – १ आपचौर निवासी १५ वर्षीया रुपा पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

बुधबार साँझ करिब ६ बजेतिर घर नजिकै घाँस काट्न गएकोमा अबेरसम्म पनि घर नफर्किएपछि खोजी कार्य गर्ने क्रममा आज दिउँसो घरदेखि करिब १ किलोमिटर टाढा रहेको झालेपहर भीरमा पुलामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

भीरबाट करिब ५० मिटर तल उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिनुभयो ।

मृतक पुलामीको पोष्टमार्टमका लागि सल्यान जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #सल्यानमा भीरबाट लडेर एक बालिकाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्