Techie IT
मंगलबार, वैशाख २३,२०८२

काठमाडौं ४ मा एमालेबाट डा. राजन भट्टराईको नाम सर्वसम्मत सिफारिस


काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवारमा स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको नाम सर्वसम्मत सिफारिस भएको छ । अर्का नेता निर्मल कुइँकेलले आफ्नो दाबी फिर्ता लिएपछि भट्टराईको एकल नाम सिफारिस भएको हो ।

बुधबार क्षेत्रीय कमिटी बैठकमा एमाले काठमाडौंका पूर्वअध्यक्ष कुइँकेलले पनि आफ्नो दाबी पेस गर्नुभएको थियो ।

डा. भट्टराई दोस्रोपटक गगन थापासँग प्रतिस्पर्धा गदैहुनुहुन्छ । अघिल्लो चुनावमा झिनो मतान्तरमा पराजित हुनुभएका भट्टराईले यसबीचमा प्रधानमन्त्रीको सल्लाहकार भएका बेला सो क्षेत्रको विकासमा बजेट तथा ठूला आयोजनाहरू लगेका कारण पछिल्लो समय उहाँको प्रभाव बढेको छ ।

भट्टराईको क्षेत्रमा रहेका बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडामध्ये सबै एमालेले जितेको छ भने महानगरपालिकाका चारवटामध्ये एउटामा एमाले र तीनवटामा कांग्रेसले जितेको छ । स्थानीय तह निर्वाचनमा वडा तहमा आएको मतका आधारमा एमाले १६ हजार ५०७ मतका साथ पहिलो स्थानमा छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot, #काठमाडौं क्षेत्र नम्बर ४, #डा राजन भट्टराई, #नेकपा एमाले


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:18 am6:41 pm +0545