काठमाडौं ४ मा एमालेबाट डा. राजन भट्टराईको नाम सर्वसम्मत सिफारिस
काठमाडौं । नेकपा एमालेबाट काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवारमा स्थायी कमिटी सदस्य डा. राजन भट्टराईको नाम सर्वसम्मत सिफारिस भएको छ । अर्का नेता निर्मल कुइँकेलले आफ्नो दाबी फिर्ता लिएपछि भट्टराईको एकल नाम सिफारिस भएको हो ।
बुधबार क्षेत्रीय कमिटी बैठकमा एमाले काठमाडौंका पूर्वअध्यक्ष कुइँकेलले पनि आफ्नो दाबी पेस गर्नुभएको थियो ।
डा. भट्टराई दोस्रोपटक गगन थापासँग प्रतिस्पर्धा गदैहुनुहुन्छ । अघिल्लो चुनावमा झिनो मतान्तरमा पराजित हुनुभएका भट्टराईले यसबीचमा प्रधानमन्त्रीको सल्लाहकार भएका बेला सो क्षेत्रको विकासमा बजेट तथा ठूला आयोजनाहरू लगेका कारण पछिल्लो समय उहाँको प्रभाव बढेको छ ।
भट्टराईको क्षेत्रमा रहेका बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडामध्ये सबै एमालेले जितेको छ भने महानगरपालिकाका चारवटामध्ये एउटामा एमाले र तीनवटामा कांग्रेसले जितेको छ । स्थानीय तह निर्वाचनमा वडा तहमा आएको मतका आधारमा एमाले १६ हजार ५०७ मतका साथ पहिलो स्थानमा छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #hot, #काठमाडौं क्षेत्र नम्बर ४, #डा राजन भट्टराई, #नेकपा एमाले
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्