Techie IT
मंगलबार, मंसीर २,२०८३

रुपन्देहीमा सवारी दुर्घटना हुदाँ २ जनाको मृत्यु


रुपन्देही । बुटवल उपमहानगरपालिका–१३ बेलवास चोकमा बुधबार साँझ भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा परी लु.४१ प ४१६८ नम्बरको मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४५ वर्षीय सोनु भट्टराई र मोटरसाइकलमा सवार उनकै छोरा ६ वर्षीय निशान भट्टराई रहेका छन् ।
लु.४१ प ४१६८ र लु.४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई लु.४१ प ४१६८ नम्बरको मोटरसाइकल पुनः लु.१ क ४४२४ नम्बरको ट्याङकरमा समेत ठोक्किएर दुर्घटना हुँदा गम्भिर घाइते भएका उनीहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै दुर्घटनामा घाइते भएका अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #रुपन्देहीमा सवारी दुर्घटना हुदाँ २ जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्