Techie IT
शुक्रबार, वैशाख २६,२०८२

टोखा बाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ


काठमाडौं । टोखा नगरपालिका–४ धापासी भेटघाट चोकस्थित घरमा जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुर गाईघाट घर भई काठमाडौं बसुन्धारा बस्ने ३२ वर्षीया रिता दनुवार लगायत ८ जना रहेका छन् ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १८ हजार ८ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #breaking, #टोखा बाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545