Techie IT
मंगलबार, मंसीर २,२०८३

आज सुन प्रतितोला ९०० रुपैयाँले घट्यो


काठमाडौं । आठ दिनदेखि लगातार घटेको सुनको मूल्य आज प्रतितोला ९०० रुपैयाँले कमी आएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले भदौ ९ गतेबाट घट्न थालेको सुनको मूल्य बिहीबार पनि ९०० रुपैयाँले घटेको जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार १००, तेजावी सुनको ९२ हजार ६०० कायम भएको छ ।

त्यस्तै चाँदीको प्रतितोला मूल्य ११ सय रुपैयाँमा आइपुगेको छ । बुधबार ९४ हजार रुपैयाँमा छापावल, ९३ हजार ५०० र चाँदीको मूल्य ११ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्