Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

सार्वजनिक पोखरी मिचेर बनेको छायाँ कम्प्लेक्स भत्काउन प्रेम सुवालको माग


काठमाडौं । ठमेलमा सार्वजनिक पोखरी मिचेर बनेको भवन छायाँ कम्प्लेक्स भत्काउन संसदमै आवाज उठेको छ ।

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उक्त कुरा उठाएका हुन् ।

सांसद सुवालले सार्वजनिक कमल पोखरी मिचेर व्यापारिक प्रयोजनका लागि छायाँ कम्प्लेक्स बनाइएको भन्दै सो कम्प्लेस भत्काउन जरुरी रहेको बताए ।

हिजो आइबार मात्रै भारतको नोयडामा नियम मिचेर बनाइएका दुइ वटा ४० तले भवन त्यहाँको सर्वोच्च अदालतको आदेशपछि भत्काइएको उदाहरण दिँदै काठमाडौँमा पनि यस्ता संरचना भत्काउनुपर्ने उनको माग छ ।


क्याटेगोरी : समाचार
ट्याग : #छायाँ कम्प्लेक्स, #प्रेम सुवाल


तपाईको कमेन्ट लेख्नुहोस्