Techie IT
शुक्रबार, वैशाख २६,२०८२

१४ ग्राम ६१ मिली ग्राम ब्राउन सुगरसहित ६ जना पक्राउ


मोरङ । प्रहरीले १४ ग्राम ६१ मिली ग्राम ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनससरीको रामधुनी नगरपालिका–८ बस्ने २७ वर्षीया सरस्वती गुरूङ, सिन्धुपाल्चोकको चौतारा सागाचोकगढी नगरपालिका– १० बस्ने २६ वर्षीय विकास थापा, मोरङको विराटनगर महानगरपालिका– १५ बस्ने २४ वर्षीय बरूण साह रहेका छन् ।
यस्तै विराटनगर महाननगरपालिका–३ बस्ने ३० वर्षीय आशिस हमाल, धरान उपमहानगरपालिका– १३ बस्ने ३० वर्षीय सुलभ रिजाल र धरान उपमहानगरपालिका–२० बस्ने २३ वर्षीय रोशन लिम्बुलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #१४ ग्राम ६१ मिली ग्राम ब्राउन सुगरसहित ६ जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545