आफ्नोविरुद्ध साइबर क्र्राईम गर्नेलाई भौतिक कारबाही गर्ने बस्नेतको ठाडो चेतावनी
काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले आफ्नोविरुद्धमा सामाजिक संजालमा जथाभावी लेख्नेलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् ।
भक्तपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले साइबर क्राइम गर्नेलाई पहिला सम्झाउने, तर नसच्चिए भौतिक रुपमै कारबाही गर्ने चेतावनी दिएका हुन् । एमालेका नेताहरुलाई जसले सामाजिक संजालमा गाली गर्छ, त्यसलाई तीन गुणा गाली गरेर जवाफ दिन निर्देशन दिएका बस्नेतले त्यसो गर्दा पनि मानेनन् भने हात खुट्टाले सम्झाउने भन्दै भौतिक कारबाहीमा उत्रिन उक्साएका हुन् ।
तपाई साईवर सेना बनेर अगाडी बढ्नुहोस त्यहाँ कहि कतै हाम्रा नेताहरुलाई गालीगलौच गर्छन भने त्यो भन्दा ३ गुणा गालीगलौच गर्नुहोस त्यो गरे बापत केही भयो भने हामी छौं । साइबर क्र्राईम गर्नेलाई सम्झाउने त्यसपछि मानेनन् भने हात खुट्टा के के ले सम्झाउने हो सम्झाउनुस त्यसपछि परेको पार्टीले व्यहोर्छ ।
नेता बस्नेतले काठमाण्डौ महानगरका नगर प्रमुख बालेन्द्र शाहप्रति पनि आक्रोष व्यक्त गरेका छन् । केही दिनअघि शाहले काठमाण्डौमा बनेका अनधिकृत संरचना भत्काएपछि निरन्तर आलोचना गर्दै आएका बस्नेतले आज भने बालेन जस्ता स्वतन्त्रहरुले नीति नियम र पार्टीहरुलाई भत्काउन खोजेको टिप्पणी गरे । फरक प्रसंगमा बस्नेतले भावी प्रधानमन्त्रीको रुपमा पहिलो नम्बरमा केपी ओली, दोस्रोमा शेरबहादुर देउवा र तेस्रोमा प्रचण्डलाई प्रस्तुत गरेका छन् । उनले देउवा सरकारलाई भाउजु सरकार भन्ने गरिएको भन्दै आरजु राणाप्रति पनि कटाक्ष गरे ।
प्रधानमन्त्रीको सेमिफाइनलमा जाने भनेको पहिलो नम्बरमा केपी ओली दोस्रो नम्बरमा शेरबहादुर देउवा र तेस्रो नम्बरमा प्रचण्ड र शेरबहादुर देउवा को धर्म पत्नि अहिलेको सरकारबाट वञ्चित भएको र त्यसलाई भाउजुको सरकार भनिन्छ ।)
उक्त कार्यक्रममा विभिन्न पार्टीका २५० भन्दा बढि युवाहरुले एमाले पार्टी प्रवेश गरेका छन् ।।
क्याटेगोरी : समाचार
ट्याग : #महेश बस्नेत
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६टोखाका मेयर प्रकाश अधिकारीको जनकल्याणकारी घोषणा: नवशिशुका लागि रु ५,०००, मुटुरोगीलाई रु ५०,०००, क्यान्सर पीडितलाई रु ३५,००० र क्रियाखर्चमा रु १०,००० अनुदान
- ७पेप्सिकोलाको CBIA स्कुलको एसईई २०८१ मा ऐतिहासिक सफलता: २ विधार्थी ४ जी पी ए सहित ६५ विद्यार्थीमध्ये ५७ जनाको A+
- ८तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित






तपाईको कमेन्ट लेख्नुहोस्