पशुपति आसपासमा मासु, मदिरालगायत बिक्री तथा सेवनमा रोक
काठमाडौं । हिन्दु नारीहरुको महान चार्ड हरितालिका तीजलाई मध्यनगर गर्दै पशुपति मन्दिर आसपास क्षेत्रमा मासु, मदिरालगायत बिक्री तथा सेवनमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारदेखि नै लागू हुने गरी चारकिल्ला तोकेर मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन र सेवनमा रोक लगाएको हो ।
गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशूपति क्षेत्रको पूर्व सीमानदेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथ देखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बाग्मतीदेखि दक्षिण क्षेत्रमा मासु, मदिरालगायत बिक्री तथा सेवनमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पशुपति क्षेत्रमा सुरक्षा लगाएत धार्मिक, संस्कृति मर्यादा र पवित्रता कायम गर्ने उद्धेश्यले रोक लगाइएको प्रशासनको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #पशुपति
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्