Techie IT
शुक्रबार, वैशाख २६,२०८२

पशुपति आसपासमा मासु, मदिरालगायत बिक्री तथा सेवनमा रोक


काठमाडौं । हिन्दु नारीहरुको महान चार्ड हरितालिका तीजलाई मध्यनगर गर्दै पशुपति मन्दिर आसपास क्षेत्रमा मासु, मदिरालगायत बिक्री तथा सेवनमा रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारदेखि नै लागू हुने गरी चारकिल्ला तोकेर मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन र सेवनमा रोक लगाएको हो ।
गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशूपति क्षेत्रको पूर्व सीमानदेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथ देखि उत्तर र मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बाग्मतीदेखि दक्षिण क्षेत्रमा मासु, मदिरालगायत बिक्री तथा सेवनमा रोक लगाईएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पशुपति क्षेत्रमा सुरक्षा लगाएत धार्मिक, संस्कृति मर्यादा र पवित्रता कायम गर्ने उद्धेश्यले रोक लगाइएको प्रशासनको भनाई छ ।


क्याटेगोरी : समाचार
ट्याग : #पशुपति


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Fair
5:16 am6:44 pm +0545