Techie IT
मंगलबार, मंसीर २,२०८३

अवैध लागूऔषध सहित तिन जना पक्राउ


काठमाडौं । प्रहरीले अवैध लागूऔषध सहित एक जनालाई पक्राउ गरेको छ ।
पत्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका–१२ जियाजो बस्ने ३१ वर्षीय प्रभु माझि समेत २ जना रहेको छन् ।
काठमाडौं महानगरपालिका–१६ म्हेपीबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५९ एम्पुल, नुर्फिन ४० एम्पुल, फेनारगन ६० एम्पुल र नाईट्राभेट ३ सय १५ ट्याब्लेट सहित उनिहरुलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
उनिहरुलाई विशेष सूचनाको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा माझिले बोकेको झोलामा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #अवैध लागूऔषध सहित तिन जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्