भाडा तिर्न नसकेर घरबाट निकालिएका ब्यक्तिले गोली चलाउँदा ३ जनाको मृत्यु, २ घाइते
अमेरिका । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा एउटा अपार्टमेन्ट भवनबाट निष्कासन गरिएको एक व्यक्तिले भाडामा बस्ने अन्य ५ जनालाई गोली हानेको प्रहरीले जनाएको छ । ती मध्ये तीनजनाको मृत्यु भएको छ ।
आइतवार बिहान घरमा आगो लगाएपछि भाडामा बस्नेहरु घरबाहिर निस्कन बाध्य भएका थिए । उनीहरु घरबाहिर निस्केपछि उक्त व्यक्तिले गोली चलाएको जनाइएको छ । प्रहरीले बन्दुकधारीलाई पनि गोली हानेर मारेका छन् ।
घटना आइतबार बिहान दक्षिणपश्चिम ह्युस्टनको मिश्रित औद्योगिक आवासीय क्षेत्रमा भएको थियो। प्रहरी प्रमुख ट्रोय फिनरले आगलागीको रिपोर्टपछि अपार्टमेन्ट हाउसमा प्रहरी र दमकल टोलीले पुगेको बताएका छन् ।
बन्दुकधारीले घरबाट निस्केका भाडामा बस्नेहरूमाथि गोली चलाउँदा दुई जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको हो । दमकल टोलीले अन्य दुई जना घाइते पुरुषहरूलाई उद्धार गरेको थियो, जसलाई अस्पताल भर्ना गरिएको थियो ।
उक्त घरका बासिन्दा रोबिन अहरेन्स ह्युस्टनको अपार्टमेन्टमा भएको घातक गोलीकाण्डपछि । कसैको पनि पहिचान सार्वजनिक गरिएको छैन । अग्नी नियन्त्रकहरुले आगो निभाइरहँदा बन्दुकधारीले गोली चलाएपनि कुनै अग्नि नियन्त्रक वा प्रहरी अधिकारीहरू घाइते भएका छैनन् ।
आफूले ३२ वर्षमा पहिले नदेखेको चीजहरू अहिले देखिरहेको बताउँदै फिनरले समुदायलाई एकजुट हुन अनुरोध गरेका छन् । छिमेकी रोबिन एहरेन्सले सुरुमा पटाका जस्तो ठानेको बताएका छन् ।
कोलोन क्यान्सर भएको बन्दुकधारीले कैयन महिनादेखि भाडा तिरेको थिएन । साथै बेरोजगार समेत थियो । हालै उसलाई अपार्टमेन्टबाट निष्कासन गरिएको थियो ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्