Techie IT
मंगलबार, वैशाख २३,२०८२

भाडा तिर्न नसकेर घरबाट निकालिएका ब्यक्तिले गोली चलाउँदा ३ जनाको मृत्यु, २ घाइते


अमेरिका । अमेरिकाको टेक्सास राज्यको ह्युस्टनमा एउटा अपार्टमेन्ट भवनबाट निष्कासन गरिएको एक व्यक्तिले भाडामा बस्ने अन्य ५ जनालाई गोली हानेको प्रहरीले जनाएको छ । ती मध्ये तीनजनाको मृत्यु भएको छ ।
आइतवार बिहान घरमा आगो लगाएपछि भाडामा बस्नेहरु घरबाहिर निस्कन बाध्य भएका थिए । उनीहरु घरबाहिर निस्केपछि उक्त व्यक्तिले गोली चलाएको जनाइएको छ । प्रहरीले बन्दुकधारीलाई पनि गोली हानेर मारेका छन् ।
घटना आइतबार बिहान दक्षिणपश्चिम ह्युस्टनको मिश्रित औद्योगिक आवासीय क्षेत्रमा भएको थियो। प्रहरी प्रमुख ट्रोय फिनरले आगलागीको रिपोर्टपछि अपार्टमेन्ट हाउसमा प्रहरी र दमकल टोलीले पुगेको बताएका छन् ।
बन्दुकधारीले घरबाट निस्केका भाडामा बस्नेहरूमाथि गोली चलाउँदा दुई जनाको घटनास्थलमै र एक जनाको अस्पतालमा मृत्यु भएको हो । दमकल टोलीले अन्य दुई जना घाइते पुरुषहरूलाई उद्धार गरेको थियो, जसलाई अस्पताल भर्ना गरिएको थियो ।

उक्त घरका बासिन्दा रोबिन अहरेन्स ह्युस्टनको अपार्टमेन्टमा भएको घातक गोलीकाण्डपछि । कसैको पनि पहिचान सार्वजनिक गरिएको छैन । अग्नी नियन्त्रकहरुले आगो निभाइरहँदा बन्दुकधारीले गोली चलाएपनि कुनै अग्नि नियन्त्रक वा प्रहरी अधिकारीहरू घाइते भएका छैनन् ।
आफूले ३२ वर्षमा पहिले नदेखेको चीजहरू अहिले देखिरहेको बताउँदै फिनरले समुदायलाई एकजुट हुन अनुरोध गरेका छन् । छिमेकी रोबिन एहरेन्सले सुरुमा पटाका जस्तो ठानेको बताएका छन् ।
कोलोन क्यान्सर भएको बन्दुकधारीले कैयन महिनादेखि भाडा तिरेको थिएन । साथै बेरोजगार समेत थियो । हालै उसलाई अपार्टमेन्टबाट निष्कासन गरिएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:18 am6:41 pm +0545