डा. गोविन्द केसीले भदौ २७ गतेदेखि सत्याग्रह शुरू गर्ने
काठमाडौं। स्वास्थ्य सेवा सुधारको माग गर्दै लामो समयदेखि सरकारलाई दबाब दिइरहेका डा. गोविन्द केसीले सरकारसँग यसअघि गरिएका सहमति, सम्झौता पूरा नभए २७ भदौदेखि सत्याग्रह शुरू गर्ने बताएका छन् ।
आज आयोजित पत्रकार सम्मेलन डा. केसीले मेडिकल शिक्षा तथा स्वास्थ्य क्षेत्रको सुधार, सुशासन र न्यायका लागि संघर्ष गरि आए पनि सरकारले बेवास्ता गरेको बताए । उनले जुन सरकार आए पनि समस्या समाधान गर्ने सहमति मात्रै गर्ने तर सहमति कार्यान्वयन नगर्ने गरेको आरोप लगाए ।
देश संघीयतामा गएर स्वास्थ्य सेवा विकेन्द्रीकरण भएपछि देखिएका तथा बल्झिएका विभिन्न समस्या र तिनका कारण दुरदराजका नागरिकबाट खोसिँदै गएको स्वास्थ्य सेवा सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदै आए पनि समस्या सम्बोधन नभएको उनले बताए ।
सरकारी पक्षले पूर्वसहमति कार्यान्वयनका लागि केही समय मागेकाले सत्याग्रहको कार्यक्रम दुई साता सारे उनले बताए । यसबीच ती सबै काम नभए २७ भदौदेखि सत्याग्रह शुरू गर्ने डा. केसीको भनाइ छ ।
क्याटेगोरी : समाचार
ट्याग : #डा. गोविन्द केसी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्