एमालेलाई विजय गराउनु राष्ट्र जोगाउनु हो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमालेलाई विजयी गराउनु भनेको सिङ्गो राष्ट्र जोगाउनु भएको बताएका छन् ।
केन्द्रीय निर्वाचन परिचालन कसमटीको पहिलो बैठकमा अध्यक्ष ओलीले भने, ‘निर्वाचनमा पार्टीलाई बहुमत हासिल गराउने दृढ आत्मविश्वास र सङ्कल्पका साथ हामी लाग्नुपर्दछ । निर्वाचनमा पार्टीले विजय हासिल गर्नु भनेको एमालेका लागि मात्र नभई सिङ्गो राष्ट्र जोगाउनका लागि हो ।’
देशको विकास र समृद्धि तथा जनताको जीवन सुखमय बनाउने नीतिहरू एमालेसँग मात्र रहेको र ती नीति कार्यान्वयनका लागि निर्वाचनमा बहुमत प्राप्त गरी सरकार गठनको निम्ति परिचालित हुनुपर्ने ओलीको भनाइ छ ।
अध्यक्ष ओलीले नागरिकता विधेयकका सन्दर्भमा गठबन्धन दलहरूले एमालेका विरूद्धमा भ्रम फैलाउने प्रयास गरिरहेको बताउँदै जन्मसिद्ध नागरिकले वंशजको नागरिकता पाउनुपर्ने एमालेको धारणा रहेको स्पष्ट गरे । उनले कोही पनि नेपाली नागरिकले नागरिकता पाउनका लागि दुःख पाउन नहुनेमा पनि जोड दिए ।
त्यस्तै एमालेले जनताका हरेक समस्याको समाधान गर्नुपर्छ भन्ने मान्यता राख्ने भन्दै ओलीले नागरिकताको समस्या पनि समाधान हुनुपर्छ भनेरै आफ्नो नेतृत्वको सरकारका पालामा विधेयक ल्याएको र माओवादीले तीन वर्षसम्म संसदीय समितिमा रोकेको खुलासा गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली
धेरै पढिएका
- १एमालेका नेता कार्यकर्ताले किन सेयर गरिरहेका छन् ‘म झोले हो’ पोस्टर ?
- २एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- ३राष्ट्रिय युवा संघ नेपालको १० औं महाधिवेशन : अध्यक्ष देखी सदस्य सम्म कसले कति मत पाए ? (सूचि सहित )
- ४टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ५नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ६तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ७टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ८तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
तपाईको कमेन्ट लेख्नुहोस्