बिर्तामोडका मेयर- उपमेयर हराए भन्दै भ्रम फैलाउने युवा झापाबाट पक्राउ
बिर्तामाेड । बिर्तामोडको मेयर र उपमेयर हराए भन्दै सामाजिक सन्जाल फेसबुकमा गलत भ्रम फैलाउने एक युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
गलत भ्रम फैलाउने बिर्तामोड – ४ का २२ वर्षीय राजु बिमलीलाई बिर्तामोड प्रहरीले नियन्त्रणमा लिएको डिएसपी रुगम बहादुर कुवरले जानकारी दिए । उनका अनुसार बिमलीलाई आज दिउसो घरबाटै नियन्त्रणमा लिईएको हो । आवश्यक कारबाहीका लागि बिमलीलाई इप्रका अनारमनीमा राखिएको छ ।
शनिवार राती मेयर पबित्रा महतारा र उपप्रमुख नगेन्द्र प्रसाद सङ्रौलाको तस्वीर राखेर बिमलीले मेयर उपमेयर हराएको सूचना भन्दै पोस्ट गरेका थिए । दमकमा आइटी अध्ययन गर्दै आएका उनले सामाजिक सन्जाल मार्फत गलत सूचना फैलाएका थिए ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्