Techie IT
मंगलबार, मंसीर २,२०८३

नारायणी नदीमा हाम फालेर एक पुरुष बेपत्ता


चितवन । आज साँझ नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन् । आज साँझ ५ बजेर ३५ मिनेटमा भरतपुर महानगरपालिका वडा नम्बर ३ स्थित  परिचय नखुलेको अन्दाजी २६ वर्षीय पुरुष हाम फालेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बागमती प्रदेश ०३–०३प ५९२६ नं. को स्कुटर रोकेर ती पुरुष पुलबाट हाम फालेका थिए । हाम फालेको खबर प्राप्त हुने बित्तिकै वडा प्रहरी कार्यालय नारायणगढको टोलीद्वारा खोजतलास कार्य भइरहेको छ । हालसम्म उनलाई फेला पार्न सकिएको छैन ।


क्याटेगोरी : समाचार
ट्याग : #नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता


तपाईको कमेन्ट लेख्नुहोस्